भूकम्प प्रभावितको सूचीबाट ६१ जनाको नाम हटाइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
भूकम्प प्रभावितको सूचीबाट ६१ जनाको नाम हटाइयो

सारांश

  • जिल्लामा रहेका ६१ जना भूकम्प प्रभावितको नाम सूचीबाट हटाउन स्थानीय तहले सिफारिस गरेका छन् ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुर चितवनका अनुसार भूकम्प प्रभावितमध्ये दुईजनाको प्रथम किस्ताबापतको रकम फिर्ता गर्न कबुलियतिनामा प्राप्त भएको छ ।
  • नाम सूचीबाट हटाउन सिफारिस हुनेहरुमा दोहोरो नाम परेका, लाभग्राहीहरु वडामा सम्पर्कमा नआएका, घर पुनर्निर्माण नगर्ने सोचमा रहेका, भूमिहीन भएका, सार्वजनिक जग्गामा पहिलादेखि नै बस्दै आइरहेका व्यक्तिहरु रहेको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।

जिल्लामा रहेका ६१ जना भूकम्प प्रभावितको नाम सूचीबाट हटाउन स्थानीय तहले सिफारिस गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुर चितवनका अनुसार भूकम्प प्रभावितमध्ये दुईजनाको प्रथम किस्ताबापतको रकम फिर्ता गर्न कबुलियतिनामा प्राप्त भएको छ ।

नाम सूचीबाट हटाउन सिफारिस हुनेहरुमा दोहोरो नाम परेका, लाभग्राहीहरु वडामा सम्पर्कमा नआएका, घर पुनर्निर्माण नगर्ने सोचमा रहेका, भूमिहीन भएका, सार्वजनिक जग्गामा पहिलादेखि नै बस्दै आइरहेका व्यक्तिहरु रहेको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार सूचीबाट हटाउन सिफारिस गरिएकामा खैरहनी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका रहेका छन् ।

यस्तै भूकम्पपछि प्राविधिकहरु नखटिँदै निर्माण सम्पन्न भएका ३१ घरको विषयमा कार्यालयले केन्द्रमा पठाएको कार्कीले जानकारी दिनुभयो । जिल्लामा ५९६ जना भूकम्प प्रभावित थपिएका छन् । कार्कीका अनुसार थपिनेमा ३०७ पुनर्निर्माणतर्फ र २८९ जना आंशिक क्षतितर्फ रहेका छन् । कार्यालयले गत जेठ मसान्तसम्म लिएको गुनासोका आधारमा उनीहरु लाभग्राहीको सूचीमा थपिएको हो ।

कार्यालयका इन्जिनीयर सुजन नेपालका अनुसार जिल्लाको पुनर्निर्माणको ६९ प्रतिशत काम सम्पन्न भएको छ । सात हजार ४६० लाभग्राहीमध्ये चार हजार ७२२ जनाले तेस्रो किस्ताबापतको रकम निकासा गरिसकेका छन् । यस्तै दोस्रो किस्ताबापतको रकम पाँच हजार ६०८ जनाले लिइसकेका छन् । पहिलो किस्ता सम्झौता गर्नेको सङ्ख्या छ हजार ७८४ रहेको छ । लाभग्राहीको सङ्ख्या थप भई सात हजार ७६७ पुगेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?