स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २०, २०७९
|
|
४१ पटक हेरिएको
Shares
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का

सारांश

  • काठमाडाैं ।
  • नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्व कप्तान पारस खड्काले नेपाल टी-२० लिगको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
  • काठमाडौंमा जारी लिगमा स्पट फिक्सिङको घटना बाहिर आएपछि खड्काले निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गरेका हुन् ।

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्व कप्तान पारस खड्काले नेपाल टी-२० लिगको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।काठमाडौंमा जारी लिगमा स्पट फिक्सिङको घटना बाहिर आएपछि खड्काले निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गरेका हुन् । स्पट फिक्सिङ गम्भीर अपराध भएकाे खड्काले मंगलबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले आफूलाई स्तब्ध बनाएको उनले उल्लेख गरेका छन् । ‘नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरू पार गर्दै राम्रो स्वरूप लिने क्रम जारी थियाे, यो अनवरत यात्रा र उतारचढावकै बीच नेपालटी-२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ’-खड्काले लेखेका छन् ।

क्रिकेटमा समर्पित सम्पूर्ण सरोकारवालाको विश्वासलाई सो घटनाले चोट पुर्‍याएकाे पनि उनले उल्लेख गरेका छन् । ‘खेलाडीहरूको वर्षौंदेखिको लगाव, खेलप्रेमीहरूको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरूको विश्वासलाई यस घटनाले यो खेलसँग सम्बन्धित सबैलाई चोट पुर्‍याएको छ, यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गरियोस्’- खड्काले लेखेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पुस ९ गतेदेखि भइरहेकाे प्रतियोगितामा स्पट फिक्सिङका घटना बाहिर आएका छन् । मंगलबार मात्रै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका सदस्यलाई म्याच फिक्सिङको प्रस्ताव आएको बताएका थिए ।

क्रिकेट कमेन्टेटर सचिन तिमल्सेनाले स्पट फिक्सिङ गराउने क्रियाकलाप देखेकाे दाबी गर्दै लिगबाट अलग भएको घाेषणा गरेका छन् । यसबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन समेत दिइसकेकाे छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    Comment Author

    bester binance Empfehlungscode

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?