पूर्वप्रम खनाल सहभागी कार्यक्रममा हुल दङ्गा गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०८०
|
|
५५ पटक हेरिएको
Shares
पूर्वप्रम खनाल सहभागी कार्यक्रममा हुल दङ्गा गर्ने पक्राउ

सारांश

  • काठमाडौं ।
  • नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • मङ्गलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी (माओवादी) का सिपी गजुरेल र पूर्वगभर्नर डा.

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी (माओवादी) का सिपी गजुरेल र पूर्वगभर्नर डा. दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्ने अन्यमा धादिङ सलाङ गाउँपालिका–४ घर भई काठमाडौं बस्ने ३० वर्षीय सन्तोष राजावादी, बाँके कोहलपुर महानगरपालिका–१ का २८ वर्षीय सतिश राजावादी, रामेछाप सुनपाती–५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा–१० का २७ वर्षीय क्षितिज चौलागाई, पाल्पा रामपुर–५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगड–४ का २८ वर्षीय सुजन राजावादी, सोही ठाउँका २० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन् ।

उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिकरुपमा नाराबाजी गरेका थिए ।

पूर्वप्रधानमन्त्री खनालविरुद्ध उक्त समूहले आक्रोशित हुँदै नारावाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेपमा सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई उन्मुक्ति
भेपमा सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई उन्मुक्ति
​नेपाल प्रहरीका डिआईजीद्वारा राजिनामा
​नेपाल प्रहरीका डिआईजीद्वारा राजिनामा
पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह
पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन, सात प्रदेशका ७ वडासम्मै पुग्ने प्रधानमन्त्री
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन, सात प्रदेशका ७ वडासम्मै पुग्ने प्रधानमन्त्री
सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
५७ प्रतिशतसम्म मत खस्यो, कुन जिल्लामा कति ? (सूचीसहित)
कर्मचारीका श्रीमान श्रीमतीलाई अब एकैठाउँ काम
कर्मचारीका श्रीमान श्रीमतीलाई अब एकैठाउँ काम
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा !
गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा !