स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई
सारांश
- एजेन्सी ।
- रियल म्याड्रिडले स्पेनिस सुपर कप उपाधि जितेको छ ।
- बार्सिलोनालाई हराउदै रियल म्याड्रिडले उपाधि जितेको हो ।
एजेन्सी । रियल म्याड्रिडले स्पेनिस सुपर कप उपाधि जितेको छ । बार्सिलोनालाई हराउदै रियल म्याड्रिडले उपाधि जितेको हो ।
गए राती भएको खेलमा रियलले बार्सिलोनालाई २–० ले हराएको थियो । पहिलो खेलमा रियलले ३–१ को जित हासिल गरेको थियो । केही दिनअघि म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए सुपर कपको उपाधि समेत जितेको थियो ।
टोलीका सुपर स्टार क्रिस्टियानो रोनाल्डो विना मैदानमा उत्रिएको रियलले घरेलु मैदानमा बार्सिलोनालाई हराएको हो । पहिलो खेलमा दोहोरो पहेलो कार्ड पाएका रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्धका कारण उनले गए रातीको खेल गुमाएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया