उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड

सारांश

  • विराटनगर।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् ।
  • विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ ।

विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै  सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन।’

उनले संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए । ‘‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने।

अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताए । ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ,’ ( उनले भने ।

उनले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरु लागिरहेको उल्लेख गर्दै भने( ‘व्यवस्था र परिवर्तनको लागि धेरै त्याग गरेको हाम्रो पार्टी नै हो । त्यसैले परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौं ।ञ

अर्को एक प्रसङ्गमा उनले राजनीतिमा नेताको एक्जिट भन्ने नुहने बताए । ‘सच्चा राजनीतिज्ञहरु बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरुले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ । नेतालाई विश्राम लिने छूट हुदैन।झ( उनले भने । अध्यक्ष प्रचण्डले आजै मोरङ र सुनसरीका विभिन्न पार्टी कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ
निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ
बलिउडकाे सबैभन्दा ठूलाे एक्शन फिल्म, यी हुन् कलाकार
बलिउडकाे सबैभन्दा ठूलाे एक्शन फिल्म, यी हुन् कलाकार
देउवाज्यू, प्रचण्डका प्रिय ‘भीआइपी अभियुक्त’ कहिले जान्छन् जेल ?
देउवाज्यू, प्रचण्डका प्रिय ‘भीआइपी अभियुक्त’ कहिले जान्छन् जेल ?
७०० ले ओरालो लाग्यो सुनको मुल्यो
७०० ले ओरालो लाग्यो सुनको मुल्यो
अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन
अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
सकिएन भरतपुर मुद्दाको सुनुवाई , भोलि पनि सुनुवाई हुने
सकिएन भरतपुर मुद्दाको सुनुवाई , भोलि पनि सुनुवाई हुने
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?
निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?

तपाईंले छुटाउनुभयो कि?