स्वस्थ्य टिप्स: जानि राखौ किन पोल्छ पेट ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
स्वस्थ्य टिप्स: जानि राखौ किन पोल्छ पेट ?

सारांश

  • पेट पोल्ने समस्या हामी धेरैमा हुन सक्छ ।
  • सामान्यतया खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ ।
  • आफ्नो दैनिक व्यवहार, खानपीन, जीवनशैली र केही औषधिको प्रयोगले पेट पोल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

पेट पोल्ने समस्या हामी धेरैमा हुन सक्छ । सामान्यतया खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ । आफ्नो दैनिक व्यवहार, खानपीन, जीवनशैली र केही औषधिको प्रयोगले पेट पोल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।  कारण के हो ? पेट पोल्ने कारणहरु धेरै भएपनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस, रिफल्क्स आदि नै हो । पेटमा बन्ने एसिडको मात्रा धेरै भएमा वा पेट भित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा यसले पेट पोल्ने गराउँदछ । कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या देखिन सक्छ । खाना समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरुमा यो समस्या धेरै देखिन सक्छ । लक्षणहरु के के हुन ? पेट पोल्ने समस्या हुने मानिसहरुमा अरु निम्न लक्षणहरु पनि देखिन सक्छ: मुखमा अमिलो पानी आउने खान मन नलाग्ने वाकवाकी लाग्ने बान्ता हुने दुब्लाउँदै जाने खोकी लाग्ने घाँटी दुख्ने दातको रंग बिग्रने जाँच कसरी गर्ने ? सामान्य खाली पेटमा पोल्ने, अमिलो पानी आउने समस्या ग्यास्ट्राइटिसबाटै हुने भएपनि लामो समयसम्म यो समस्या देखिएमा र औषधि सेवन पछि पनि सन्चो नभएमा भने पेटको इन्डोसकोपी गर्न सकिन्छ । यसबाट पेटमा अन्य कुनै समस्या भएको, हेलीकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरियाको संक्रमण रहेको आदि थाहा पाउन सकिन्छ ।  उपचार के हो ? पेट पोल्ने समस्याको उपचार भनेको यसको कारण पत्ता लगाएर त्यसको उपचार गर्नु नै हो । ग्यास्ट्राइटिस, रिफ्लक्स आदिको उपचारको निम्ति एसिड बन्न कम गर्ने वा बनिसकेको एसिडलाई निर्मलीकरण गर्ने विभिन्न औसधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान पुराउनुपर्छ । कस्तो सावधानी अपनाउने ? पेट पोल्ने समस्या भएका मानिसहरुले निम्न सावधानीहरु अपनाउँदा यो समस्या केही कम हुन सक्छः अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने भोकै खालीपेट नबस्ने बिहान उठेपछि प्रसस्त पानी पिउने तौल घटाउने रक्सी, चुरोट आदि सेवन नगर्ने चिया, कफी आदि धेरै मात्रामा नपिउने एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
दुई घन्टा डोलीमा चढेर भोट हाल्न आइन दुकादेवी
दुई घन्टा डोलीमा चढेर भोट हाल्न आइन दुकादेवी
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस
बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर
बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर
असारे गीतसँगै रैथाने धान पनि लोप हुँदै (वासुदेव पौडेल)
असारे गीतसँगै रैथाने धान पनि लोप हुँदै (वासुदेव पौडेल)
वामपन्थी शक्ति एकजुट हुन आवश्यक : प्रधानमन्त्री दाहाल
वामपन्थी शक्ति एकजुट हुन आवश्यक : प्रधानमन्त्री दाहाल
Mahakali highway obstructed due to landslide
Mahakali highway obstructed due to landslide
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक