चीनको ध्यान नेपाल, भारत र भुटानको सीमामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २९, २०७८
|
|
३७ पटक हेरिएको
Shares
चीनको ध्यान नेपाल, भारत र भुटानको सीमामा

सारांश

  • हुम्लामा चीनले सीमा मिचेको विषय उठेपछि सरकारले गठन गरेको अध्ययन कमिटी यथार्थ पत्ता लगाउन खटिएको छ ।
  • चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमामा भूमि मिचिएको विषयले काठमाडौंको राजनीति गर्माएको छ ।
  • यही बेलामा चीनको ध्यान नेपाल, भारत र भुटानसँगको सीमा क्षेत्रमा बढेको खुलेको छ ।

हुम्लामा चीनले सीमा मिचेको विषय उठेपछि सरकारले गठन गरेको अध्ययन कमिटी यथार्थ पत्ता लगाउन खटिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमामा भूमि मिचिएको विषयले काठमाडौंको राजनीति गर्माएको छ । यही बेलामा चीनको ध्यान नेपाल, भारत र भुटानसँगको सीमा क्षेत्रमा बढेको खुलेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नै तिब्बतको उचाईमा खटिएका सीमा सुरक्षा बलबारे चासो लिएका छन् । चीनको जनमुक्ति सेना अन्तरगत प्लेटु स्टेटन मोडल बटालियनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले पत्र लेखेरै प्रशंशा गरेका छन् ।

चिनियाँ विदेश मामलासम्बन्धी धारणा बाहिर ल्याउने गरेको ग्लोबल टाइम्सले सीले तिब्बतको पठारमा खटिएका जनमुक्ति सेनालाई सम्बोधन गर्दै पत्र लेखेको खबर सार्वजनिक गरेको छ । सीले तिब्बत क्षेत्रको उच्च भूभागमा खटिएको बटालियनलाई शुभकामना दिदै देशको सीमा सुरक्षाका लागि प्रोत्साहित गर्ने गरी लेखेको उल्लेख छ ।

पत्रमा युवापन र रगत शब्द समेत उल्लेख रहेको ग्लोबल टाइम्सले भनेको छ । कठिन भूभागमा ज्यान जोखिममा राखेर युवा जोस र रगतले देशको पवित्र भूमीको सुरक्षा गरेको भनेका छन् । देश र सीमाको रक्षामा थप योगदान दिने आशा समेत पत्रमा व्यक्त गरेको उल्लेख छ । सीले नमूना मानिएको तिब्बतको पठारको फौजलाई पाँच वर्षपछि शुभकामना र सम्मानसहितको पत्र पठाएका हुन् ।

तिब्बतस्थित बटालियन उच्च भूभागमा अवस्थित रहेको ग्लोबल टाइम्सले लेखेको छ । सन् १९६१ मा स्थापना भएको बटालियन अधिकांश हिमालको समेत सुरक्षामा खटिने गरेको उल्लेख छ । जसमा १० वटा ५००० मिटर माथिका हिमाल रहेका छन् । ६९०० मिटर माथि समेत फौज बसेको छ ।

तिब्बतको सम्पूर्ण सीमा क्षेत्रको सुरक्षामा बटालियनको जिम्मेवारी छ । जसमा भारतसँग झडप भएको लद्दाखको क्षेत्र पनि छ । भुटानसँग विवाद भएको भूभागमा पनि यही बटालियन तैनाथ छ । नेपालसँग सीमा समस्या भएको हुम्लालगायतका क्षेत्रमा पनि यही बटालियन तैनाथ छ ।

सी आफै केही महिना अघि तिब्बतको भ्रमणमा पुगेका थिए । उनले त्यहाँको पूर्वाधार विकासमा चासो समेत राखेका थिए । पछिल्लो समय उनको तिब्बततिर ध्यान बढ्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर र मूल्यबृद्धिकाे समाधान गर्ने उपायकाे खाेजि भइरहेकाे छ: प्रचण्ड
कर र मूल्यबृद्धिकाे समाधान गर्ने उपायकाे खाेजि भइरहेकाे छ: प्रचण्ड
चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ
चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ
छायां नगर प्रमुख भएर जनताको काम गर्छु ः खाँण
छायां नगर प्रमुख भएर जनताको काम गर्छु ः खाँण
प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’
प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !
Mostbet AZ 90 Azərbaycanda Bukmeker və Casino Bonus 550+250F
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
सुरु भयो तिहार, काठमाडौमा तिहारको सामाग्री किन्नेको भिडभाड
सुरु भयो तिहार, काठमाडौमा तिहारको सामाग्री किन्नेको भिडभाड
रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि
रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि
उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल
उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल

तपाईंले छुटाउनुभयो कि?