आत्तिएको कांग्रेस नेमकिपा गुहार्दैछ: महेश बस्नेत
सारांश
- भक्तपुर, ४ मंसिर ।
- नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं.
- २ प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्व मन्त्री महेश बस्नेतले आगमी चुनावमा भक्तपुरवासीले काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई जनताले सम्मान गर्ने तर एमालेलाई मतदान गरेर विजय गराउने बताएका छन्।
भक्तपुर, ४ मंसिर । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्व मन्त्री महेश बस्नेतले आगमी चुनावमा भक्तपुरवासीले काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई जनताले सम्मान गर्ने तर एमालेलाई मतदान गरेर विजय गराउने बताएका छन्।
रफत सञ्चार क्बल भक्तपुरले गरेको साक्षात्कार कार्यक्रममा थापाले भक्तपुरका जनताले स्थानीय जनतासँग घुलमिल हुँदै आएको तथा विकास निर्माणको अग्रणी भूमिका खेलेकाले आफूलाई मतदान गर्ने दाबी गरे। थपाले काँग्रेस उम्मेदवार ढुङ्गाना अहिले काँग्रेस कार्यकर्तासँगै नै परिचय गरिरहनु परेको भन्दै निर्वाचन एमालेले जित्ने स्पष्ट पारे।
अहिले भक्तपुरमा नेमकिपाले कुनै पनि हालतमा काँग्रेसलाई मतदान नगर्ने भन्दै काँग्रेस आत्तिएर नेमकिपासँग हारगुहार गरेको बस्नेतको भनाइ थियो ।
नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ‘क’का उम्मेदवार शशीजंग थापाले आफू प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि ३ नं. प्रदेशसभाको राजधानी भक्तपुरमा राख्न पहल गर्ने बताए।
नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ‘ख’का उम्मेदवार रोमन शिलाकारले भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताए।
Santosh Dahal
J sukai garos…..tara mahesh basnet haros….janta ko rqst janta lai