स्वास्थ्य संस्थामा जीवनजलकै अभाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
१७ पटक हेरिएको
Shares
स्वास्थ्य संस्थामा जीवनजलकै अभाव

सारांश

  • मानदत्त रावल जुम्ला।
  • जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव रहेको छ।
  • गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो ।

मानदत्त रावल
जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव रहेको छ। गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो । स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ। उनले भने, “स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि पाउने गरेका छैनन्। स्वास्थ्यचौकीमा न त औषधि पाइन्छ न त नियमित स्वास्थ्यकर्मी नै आउने गरेका छन्, यसले गर्दा यहाँका स्थानीयवासी प्रभावित हुने गरेको उनले बताए ।

स्वास्थ्यचौकीका अहेव गोविन्द भण्डारीका अनुसार यहाँ पटक–पटक औषधि शून्य मौज्दात रहने गरेको छ। गाउँपालिकाले समयमा औषधि खरीद नगर्ने र समयमा स्वास्थ्यचौकीमा नपठाउँदा जीवनजल समेत अभाव रहेको उनले बताए ।

आइरन चक्की चालू आर्थिकको जेठ अन्तिम सातासम्म तीन महीना जति शून्य मौज्दात रहेको थियो भने कोटिम बच्चा र किशोरावस्थामा प्रयोग गर्ने झण्डै छ महीना जति शून्य मौज्दात रहेकाले सेवाग्राहीलाई दिन नसकिएको उनको भनाइ छ। त्यसैगरी पारासिटामोल चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म दुई हजार ५०० ट्याब्लेट मात्र आएकाले अपुग भएको अहेव भण्डारीले बताए। परिवार नियोजनका अस्थायी साधन कण्डम, पिल्स र डिपो पनि पर्याप्त मात्रामा आउने गरेको छैन। कण्डम चालू आवको जेठ तेस्रो सातासम्म गरी छ महीना जति शून्य मौज्दात रहेको थियो ।

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष मनवीर बुढाका अनुसार अहिले स्थानीय सरकारले पर्याप्त मात्रामा औषधि पुर्याउन नसकेको स्वीकार गरे। उनले भने, स्थानीय तहमा कर्मचारी अभाव, समायोजनको प्रभावले गर्दा पनि समयमा औषधि खरीदको काम नभएर स्वास्थ्य संस्थामा समयमा औषधि पुग्न सकेन। आगामी दिनमा औषधि र नियमित स्वास्थ्यकर्मी उपस्थितिको व्यवस्थापन गरिने उहाँले प्रतिबद्धता गरे।

स्थानीय सरकारसँग प्रसूतिगृह माग

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँकी विसुदा बुढा गत वर्ष तीन घण्टा टाढा पैदल दूरीमा रहेको हाँडसिञ्जा बर्थिङ सेन्टरमा प्रसूतिका लागि लैजाँदा लैजाँदै बाटोमै सुत्केरी भइन्। त्यसैगरी दुई वर्षअघि सोही गाउँकी रामा बुढा सुत्केरी हुन नसकेर घरमै मृत्यु भयो।

सुत्केरी गराउने दक्ष जनशक्ति र प्रसूतिगृह नजिक नभएका कारण टाढाको प्रसूतिगृहमा लैजाँदा लैजाँदै बाटोमै सुत्केरी हुने र सुत्केरी हुन नसकेर घरमै मृत्यु हुने गरेको स्थानीय विन बुढाले बताए। उनले भने, “यहाँ सडक यातायातको पहँुच छैन, सुत्केरी गराउनका लागि बोकेर लैजानुपर्ने बाध्यता छ।”

अहिले भर्खर कच्ची सडक गाउँमा पुगेको छ। यही पनि वर्षा सिजनमा बन्द हुन्छ । यहाँका स्थानीयवासीलाई सुत्केरी हुने महिलाको ज्यान जोगाउन निकै गाह्रो हुने गरेको छ। यहाँको गर्भवती महिलाको सहजताका लागि पहिलादेखि नै प्रसूतिगृहको माग राख्दै आए पनि सुनुवाइ नभएको बुढाको गुनासो छ। अहिलेको स्थानीय सरकारसँग पनि माग गरेका थियौँ, दुई वर्ष बित्यो सुनुवाइ भएको छैन”, उनले भने।

यहाँका गर्भवती महिला घरमै सुत्केरी हुने गरेका छन्। गर्भावस्थामा जाँच पनि गराउँदैनन् । अधिकांश गर्भवती महिला घरमै सुडेनी अर्थात् महिला स्वयंसेविकाको भरमा सुत्केरी हुने गरेका छन्। घरमा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई मात्र बाध्यताले बोकेरै भए पनि तीन घण्टा टाढा दूरीमा रहेको हाँडसिञ्जा प्रसूतिगृहमा लैजाने गरेको स्थानीय विन बुढाले बताए।

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष मनवीर बुढाका अनुसार यसै चालू आवको असार मसान्तभित्र प्रसूतिगृह स्थापना गरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ। उनले भने, “प्रसूतिगृहमा चाहिने आवश्यक सामग्रीका लागि गाउँपालिकाले रु दुई लाख बजेट विनियोजन भएको छ। आवश्यक सामग्री खरीद प्रक्रियामा रहेको उनको भनाइ छ। कनकासुन्दरी गाउँपालिकाका आठ वडामा चार स्वास्थ्यचौकी र तीन मात्र बर्थिङ सेन्टर रहेका छन्। यस गाउँपालिकामा १२ हजार ९७७ जनसङ्ख्या रहेको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीको दोगडाकेदारमा ३७ वर्षीय युवकको हत्या
बैतडीको दोगडाकेदारमा ३७ वर्षीय युवकको हत्या
नेपालसँग शीर झुकाउँछौ तर सम्बन्ध तोड्दैनौः भारतीय रक्षामन्त्री
नेपालसँग शीर झुकाउँछौ तर सम्बन्ध तोड्दैनौः भारतीय रक्षामन्त्री
किन आज मन्त्रीको सपथ लिएनन् थापा र गच्छदारले
किन आज मन्त्रीको सपथ लिएनन् थापा र गच्छदारले
११ लघु जलविद्युत् आयोजना अलपत्र
११ लघु जलविद्युत् आयोजना अलपत्र
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन
निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?
निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?
भ्रामक प्रचारप्रति टानको ध्यानाकर्षण
भ्रामक प्रचारप्रति टानको ध्यानाकर्षण
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
कुवेतमा घरेलु कामदारले निजी क्षेत्रमा भिसा परिवर्तन गर्न पाउने
कुवेतमा घरेलु कामदारले निजी क्षेत्रमा भिसा परिवर्तन गर्न पाउने
काठमाडौंका सचेत जनताले एमालेलाई भोट हाल्छन् : अध्यक्ष ओली
काठमाडौंका सचेत जनताले एमालेलाई भोट हाल्छन् : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?