हटेनन् तुइन, कहाँ पुग्यो प्रधानमन्त्री ओलीको योजना !

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
हटेनन् तुइन, कहाँ पुग्यो प्रधानमन्त्री ओलीको योजना !

सारांश

  • काठमाडौं – केपी शर्मा ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा मुलुकभरबाट तत्काल तुइन हटाउने पहिलो निर्णय गरेका थिए ।
  • तर, उनी दोस्रोपटक सत्ताको नेतृत्वमा पुग्दा पनि मुलुकका विभिन्न नदीमा रहेका तुइन जस्ताका तस्तै छन् ।
  • आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

काठमाडौं – केपी शर्मा ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा मुलुकभरबाट तत्काल तुइन हटाउने पहिलो निर्णय गरेका थिए । तर, उनी दोस्रोपटक सत्ताको नेतृत्वमा पुग्दा पनि मुलुकका विभिन्न नदीमा रहेका तुइन जस्ताका तस्तै छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

२०७२ असोज २५ मा ‘देशभरका तुइन हटाउने’ प्रधानमन्त्री ओलीको पहिलो निर्णय साढे दुई वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हो । अघिल्लोपटक ओली करिब १० महिना सत्तामा बसेका थिए । उनीपछि पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री बनेर बाहिरिएका छन् । ओलीको ‘तुइनमुक्त नेपाल’ बनाउने घोषणा अलपत्र छ ।

उनले घोषणा गरेको साढे दुई वर्ष बितिसक्दा ८१ वटा तुइन हटेर झोलुंगे पुल बनेको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको दाबी छ । प्रधानमन्त्री ओलीले दुई वर्षभित्रमा तुइन हटाएर झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएका थिए ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले एक सय ८७ वटा तुइन विस्थापन गर्ने निर्णय गरेको थियो । अहिलेसम्म ८१ वटा स्थानमा तुइन हटाएर झोलुंगे पुल बनाइएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Man Mohan Thapa

    भारत जांदै छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?