बसको ठक्करबाट महिला घाइते
सारांश
- सलिम ,प्युठान, ९ फागुन – प्युठानमा आज भएको दुर्घटनामा एकजना घाइते भएका छन् ।
- दाङको भालुबाङबाट प्युठानको बाग्दुला तर्फ जाँदै गरेको राप्ती यातायात सार्बजानिक बस ब्यबसायी समितीको ना ४ ख ५४७ नं को यात्रुबाहक बसले ददेरिमा ठक्कर दिँदा एक जना महिला घाइते भएको प्रहरिले बताएको छ ।
- पानी बोकेर घर तर्फ जान लागेको बेला ती महिलालाई बसले ठक्कर दिएको बुझिएको छ।
सलिम ,प्युठान, ९ फागुन –
प्युठानमा आज भएको दुर्घटनामा एकजना घाइते भएका छन् । दाङको भालुबाङबाट प्युठानको बाग्दुला तर्फ जाँदै गरेको राप्ती यातायात सार्बजानिक बस ब्यबसायी समितीको ना ४ ख ५४७ नं को यात्रुबाहक बसले ददेरिमा ठक्कर दिँदा एक जना महिला घाइते भएको प्रहरिले बताएको छ । पानी बोकेर घर तर्फ जान लागेको बेला ती महिलालाई बसले ठक्कर दिएको बुझिएको छ।
घाइते हुनेमा बाङ्गेसाल ७ ददेरी निबासी २६ वर्षीय सुजना कुमाल रहेको प्रहरी चौकी दर्भानले जानकारी दिएको छ । घाइते कुमालको टाउकोमा गहिरो चोट लाग्नुका साथै दाहिने खुट्टा समेत भाचिएको छ ।गम्भीर घाइते कुमाललाइ उपचारका लागि बुट्वल पुर्याइएको बताइको छ। प्रहरीले घटनास्थलबाट ठक्कर दिने बस र बस चालकलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया