हत्या आरोपी समात्न गोली प्रहार

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको हत्यामा संलग्न भएको आशंकामा बर्दियाबाट प्रहरीले एक जनालाई गोली प्रहार गरि पक्राउ गरेको छ ।
  • प्रहरी देखेपछि भाग्न खोज्ने युवराज गिरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बायाँ खुट्टामा गोली हानी पक्राउ गरेको हो ।
  • पक्राउ गर्ने क्रममा गिरीले आक्रमक गतिविधि गरेपछि गोली चलाउने परेको प्रहरीले बताएको छ ।

बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको हत्यामा संलग्न भएको आशंकामा बर्दियाबाट प्रहरीले एक जनालाई गोली प्रहार गरि पक्राउ गरेको छ । प्रहरी देखेपछि भाग्न खोज्ने युवराज गिरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बायाँ खुट्टामा गोली हानी पक्राउ गरेको हो ।

पक्राउ गर्ने क्रममा गिरीले आक्रमक गतिविधि गरेपछि गोली चलाउने परेको प्रहरीले बताएको छ । उपचारका लागि उनलाई कोहलपुर टिचिङ हस्पिटल पठाइएको छ । यसअघि घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो । शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?