बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?

सारांश

  • काठमाडौं, माघ ७ ।
  • नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.
  • बाबुराम भट्टराईले एमाले–माओवादीको पार्टी एकतापछि रबैया हुने भन्दै जोडघटाउ गरेका छन ।

काठमाडौं, माघ ७ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले–माओवादीको पार्टी एकतापछि रबैया हुने भन्दै जोडघटाउ गरेका छन ।

सामाजिक सञ्जाल ट्विटरमार्फत बाम गठबन्धनप्रति लक्षित गर्दै उनले राजनीतिमा दुईवटा विकृतिजन्य पुराना पार्टीहरुको मर्जर गर्दा दोब्बर विकृतिजन्य पार्टी बन्ने बताए ।

गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई भएजस्तै राजनीतिमा एमाले–माओवादी पनि यस्तै हुने भन्दै ट्विट गरेका छन ।

भट्टराईको ट्विट जस्ताको तस्तै :–
गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई भए जस्तै राजनीतिमा दुईवटा विकृतिजन्य पुराना पार्टीहरूको मर्जर गर्दा दोब्बर विकृतिजन्य पार्टी बन्छ ! तर गणितमा माइनस एक र माइनस एकको गुणनफल प्लस एक भएझैं राजनीतिमा दुई दलको रूपान्तरणसहितको ध्रुवीकरणले नयाँ शक्ति बन्छ । सबैलाई चेतना भया !

फरक प्रसंगमा भट्टराईले राजनीतिमा दुई दलको रुपान्तरणसहितको धुव्रीकरणले नयाँ शक्ति बन्ने बताएका छन् । उनले ट्विटमा ‘ गणितमा माइनस एक र माइनस एकको गुणनफल प्लस एक भएझैं राजनीतिमा दुई दलको रूपान्तरणसहितको ध्रुवीकरणले नयाँ शक्ति बन्छ । सबैलाई चेतना भया ! भन्दै लेखेका छन् ।

शिखरन्यूजको युट्युब च्यानल SUBSCRIBE गर्न नभुल्नुहोला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?