सगरमाथामा फिल्म सुटिंग गर्न आलिया भट्ट नेपाल आउँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
सगरमाथामा फिल्म सुटिंग गर्न आलिया भट्ट नेपाल आउँदै

सारांश

  • एजेन्सी ।
  • प्रथम भारतीय सगरमाथा आरोही महिला आरोही अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक फिल्ममा अभिनय गर्न बलिउड अभिनेत्री आलिया भट्ट सगरमाथा क्षेत्र आउने भएकी छिन् ।
  • सिंहमाथि लेखिएको ‘बर्न अगेन अन द माउन्टेन’ पुस्तकमाथि बन्न लागेको फिल्मको छायांकन सगरमाथा आधार शिविरमा हुने भएको हो ।

एजेन्सी । प्रथम भारतीय सगरमाथा आरोही महिला आरोही अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक फिल्ममा अभिनय गर्न बलिउड अभिनेत्री आलिया भट्ट सगरमाथा क्षेत्र आउने भएकी छिन् । सिंहमाथि लेखिएको ‘बर्न अगेन अन द माउन्टेन’ पुस्तकमाथि बन्न लागेको फिल्मको छायांकन सगरमाथा आधार शिविरमा हुने भएको हो ।धर्मा प्रोडक्सन र विवेक अग्निहोत्रीको डर प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको युनिट सन् २०२० मा फिल्म छायांकनका लागि सगरमाथा क्षेत्रमा आउने फ्रस्टपोस्टले जनाएको छ ।

चोरहरूले गुडिरहेको रेलबाट फ्याँकेपछि देब्रे खुट्टा गुमाएकी सिंहले २१ मे २०१३ मा सगरमाथाको सफल आरोहण गरेकि थिइन् । सगरमाथा आरोहण गर्ने पहिलो अपांगता भएकी भारतीय महिला बन्न सफल सिंह सन् १९८८ मा जन्मेकी थिइन् ।सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बचेन्द्री पालले सन् १९८४ मा सगरमाथा चढेकी थिइन् । उनकै प्रेरणाबाट आफु पनि चढ्न लागेको उनले सिंहले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?