सारा र कार्तिकको अफेयरमा अमृता भिलेन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
४३ पटक हेरिएको
Shares
सारा र कार्तिकको अफेयरमा अमृता भिलेन !

सारांश

  • मुम्बई ।
  • बलिवुड अभिनेत्री सारा अली खानले बलिवुडमा डेभ्यु गरेको छोटो समयमा नै आफ्नो प्रभाव जमाउन सफल भएकी छन् ।
  • गत बर्ष केदारनाथबाट बलिवुडमा डेभ्यु गरेकी सारा फिल्मको कारण अहिले जति चर्चामा छिन त्यति नै निजि सम्बन्धका कारण पनि चर्चामा रहेकी छन् ।

मुम्बई । बलिवुड अभिनेत्री सारा अली खानले बलिवुडमा डेभ्यु गरेको छोटो समयमा नै आफ्नो प्रभाव जमाउन सफल भएकी छन् । गत बर्ष केदारनाथबाट बलिवुडमा डेभ्यु गरेकी सारा फिल्मको कारण अहिले जति चर्चामा छिन त्यति नै निजि सम्बन्धका कारण पनि चर्चामा रहेकी छन् ।अभिनेता कार्तिक आर्यनसँगको अफ्येर्सका कारण अहिले चर्चामा रहेकी सारा फेरी आफ्नी आमाका कारण चर्चामा रहेकी छन् । मिडिया रिपोर्टका अनुसार साराकी आमा अभिनेत्री अमृता सिंह सारा र कार्तिकको सम्बन्धलाई अश्विकार गरेपछि सारा अप्ठ्यारोमा परेको बताइएको छ ।

अमृताले सारा र कार्तिकको अफ्येर्सलाई मन नपराएको बताएपछि पछिल्लो समय सारा कार्तिकसँग अलिकति टाढिएको बताइएको छ । यद्यपी दुवैबीच ब्रेकअप भने भइनसकेको बताइएको छ । अमृताले सारालाई क्यारियरको शुरुमै अफ्येर्समा नपर्न र आफ्नो काममा ध्यान दिन जोड दिएको बताइएको छ । उता सारा भने आफ्नो निजी अफ्येर्स र कामलाई सँगसँगै अगाडी लैजाने मुडमा भएका कारण आमासँग असमझदारी बढेको बताइएको छ ।

सारा र कार्तिकको ब्रेकअपको चर्चाका बीच हालै दुवै करण जोहरको पार्टीमा सँगै देखिएका थिए । हाल सारा र कार्तिकको फिल्म लव आजकलको सिक्वेल फिल्म फेब्रुअरीमा रिलिज हुदै छ । हाल सारा बरुण धवनसँग कुली नम्बर वानको रिमेकमा व्यस्त छिन् भने कार्तिक पति पत्नी और वोमा व्यस्त रहेका छन् ।सारा र कार्तिक व्यस्त भएका कारण निजी जीवनमा अफ्येर्सबाट टाढा रहेका थिए । तर अहिले आएर अमृता उनीहरुको सम्बन्धबाट खुशी नभएको रिपोर्ट आएपछि उनीहरुको लव एंगल अब के हुन्छ भन्ने विषयमा प्रश्न उठेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
राससको आमूल परिवर्तन आवश्यकः अध्यक्ष श्यामल
राससको आमूल परिवर्तन आवश्यकः अध्यक्ष श्यामल
बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता
बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता
सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेत विजयी
सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेत विजयी
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै
पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै
काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
सरकार जहिले पनि प्रेस नियन्त्रणमुखी तर नियन्त्रणमुखी कानुन अमान्य
सरकार जहिले पनि प्रेस नियन्त्रणमुखी तर नियन्त्रणमुखी कानुन अमान्य
‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
संघीय व्यवस्थापिकाको भवन पुसभित्र तयार हुने
संघीय व्यवस्थापिकाको भवन पुसभित्र तयार हुने