हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
सारांश
- काठमाडौं, असार ८ – विश्वको जनसंख्या सन् २०५० सम्म झण्डै १० अर्ब पुग्ने एक अध्ययनले देखाएको छ ।
- संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला सम्बन्धि कार्यालयले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०५० सम्म विश्वको जनसंख्या ९ अर्ब ८० करोड पुग्ने अनुमान गरिएको छ ।
- त्यतिबेलासम्म विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा भारतले चीनलाई उछिन्ने प्रक्षेपण पनि गरिएको छ ।
काठमाडौं, असार ८ – विश्वको जनसंख्या सन् २०५० सम्म झण्डै १० अर्ब पुग्ने एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला सम्बन्धि कार्यालयले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०५० सम्म विश्वको जनसंख्या ९ अर्ब ८० करोड पुग्ने अनुमान गरिएको छ । त्यतिबेलासम्म विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा भारतले चीनलाई उछिन्ने प्रक्षेपण पनि गरिएको छ । प्रतिवेदन अनुसार भारत, नाइजेरिया, कंगो पाकिस्तान, इथियोपिया, तान्जानीया, अमेरिका, युगान्डा र इन्डोनेसियामा उच्च जनसंख्या वृद्धि हुनेछ । तर युरोपेली देशको जनसंख्या भने त्यस अवधिसम्म केही घट्ने आँकलन गरिएको छ । हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया