सुनको मूल्य प्रतितोला ६०० ले घट्यो
सारांश
- काठमाडौँ, १४ मङ्सिरः स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ ।
- शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।
काठमाडौँ, १४ मङ्सिरः स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला रु १५ ले घटेको हो ।(रासस
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया