अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि उत्तर कोरिया पूर्ण रुपमा तयार : किम जोङ उन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७९
|
|
३६ पटक हेरिएको
Shares
अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि उत्तर कोरिया पूर्ण रुपमा तयार : किम जोङ उन

सारांश

  • किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु प्रतिरोधक क्षमताको प्रयोगका लागि तयार भएको दाबी गरेका छन् ।
  • कोरियाली युद्धको वार्षिकीमा आयोजित एक कार्यक्रमका बेला उनले आफ्नो देश अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि पूर्ण रुपमा तयार भएको बताएका छन् ।
  • उत्तर कोरियाले आफ्नो सातौँ परमाणु परीक्षण गर्न सक्ने अडकलबाजीका बीच किम जोङ उनको यो बयान सार्वजनिक भएको हो ।

किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु प्रतिरोधक क्षमताको प्रयोगका लागि तयार भएको दाबी गरेका छन् । कोरियाली युद्धको वार्षिकीमा आयोजित एक कार्यक्रमका बेला उनले आफ्नो देश अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि पूर्ण रुपमा तयार भएको बताएका छन् ।

उत्तर कोरियाले आफ्नो सातौँ परमाणु परीक्षण गर्न सक्ने अडकलबाजीका बीच किम जोङ उनको यो बयान सार्वजनिक भएको हो । उत्तर कोरियाले आफ्नो अन्तिम परमाणु परीक्षण सन् २०१७ मा गरेको थियो । यद्यपि, कोरियाली प्रायद्वीपमा अब तनावका माहौल बढिरहेको देखिएको छ ।

उत्तर कोरियाको विशेष अमेरिकी प्रतिनिधि सुङ किमले यस वर्ष प्योङयाङले अभूतपूर्व संख्यामा मिसाइल परीक्षण गरेको बताएका छन् ।

सन् २०१९ मा उत्तर कोरियाले २५ पटक मिसाइल परीक्षण गरेको थियो जबकी यस वर्ष उसले ३१ वटा परीक्षण गरिसकेको छ । जूनमा दक्षिण कोरियाले जवाफ दिँदै आफ्नो आठौँ मिसाइल परीक्षण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?