अव निश्चल‘२ रुपैयाँ’को हिरो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १३, २०७३
|
|
३१८ पटक हेरिएको
Shares
अव निश्चल‘२ रुपैयाँ’को हिरो

सारांश

  • नेपाली चलचित्रका सफल निर्देशक निश्चल बस्नेत एक राम्रो कलाकार पनि हुन् ।
  • उनले केहि चलचित्रमा काम गरेका छन्, जसले राम्रो व्यापार र चर्चा पाए ।
  • उनै निश्चल फेरि अर्को एक चलचित्रको मुख्य भूमिकामा अनुवन्धित भएका छन् ।

नेपाली चलचित्रका सफल निर्देशक निश्चल बस्नेत एक राम्रो कलाकार पनि हुन् । उनले केहि चलचित्रमा काम गरेका छन्, जसले राम्रो व्यापार र चर्चा पाए ।

उनै निश्चल फेरि अर्को एक चलचित्रको मुख्य भूमिकामा अनुवन्धित भएका छन् ।

फागुण २० गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘२ रुपैयाँ’मा निश्चल अनुवन्धित भएका हुन् । यो चलचित्रलाई असिम शाहले निर्देशन गर्दैछन् । चलचित्रमा निश्चलको साथमा आशिफ शाह, वुद्धि तामाङ, राजन इसान, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । अन्य केहि कलाकार फाइनल गर्ने प्रक्रियामा रहेको कलाकार आशिफ शाहले जानकारी दिए । उनका अनुसार पूर्ण कमेडी कथामा यो चलचित्र बन्नेछ ।

ब्ल्याक हर्स र जी ट्वान्टी वनको संयुक्त प्रोडक्शनमा यो चलचित्र बन्नेछ । चलचित्रमा फाइनल भएका सबै कलाकार मुख्य भूमिकामा रहने आशिफको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?