हल्लमट्वाँट (हास्यब्याङग्य)

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
हल्लमट्वाँट (हास्यब्याङग्य)

सारांश

  • अमेरिकी गुप्तचर संस्था सि अाइ ए ले नेपालमा एकजना व्यक्तिलार्इ लामेा समय देखि खाेजिरहेकाे एउटा रहस्यमय समाचार प्रकाशममा अाएकाे छ ।
  • सि अाइ ए का एजेन्टहरूले धुइपत्ताल खाेज्दा पनि मरिकाटे भेट्न नसकिएका ति महाशय काे हुन त ?
  •   इन्टरपाेलसंग सम्बद्ध नेपालका एकजना प्रहरी अधिकृतकाे भनाइमा सि अाइ ए ले खाेजिरहेका  उक्त व्यक्तिकाे छद्म नाम  हल्लमट्वाँट हाे रे ।

अमेरिकी गुप्तचर संस्था सि अाइ ए ले नेपालमा एकजना व्यक्तिलार्इ लामेा समय देखि खाेजिरहेकाे एउटा रहस्यमय समाचार प्रकाशममा अाएकाे छ । सि अाइ ए का एजेन्टहरूले धुइपत्ताल खाेज्दा पनि मरिकाटे भेट्न नसकिएका ति महाशय काे हुन त ?  इन्टरपाेलसंग सम्बद्ध नेपालका एकजना प्रहरी अधिकृतकाे भनाइमा सि अाइ ए ले खाेजिरहेका  उक्त व्यक्तिकाे छद्म नाम  हल्लमट्वाँट हाे रे ।

हल्लमट्वाँटकाे असली नाम के हाे ?  उनी कहाा जन्मेका थिए र उसकाे व्यबसाय के हाे?  अनि हाल उनि कहाँ छन् त ?  सि अाइ ए जस्ताे प्रतिष्ठित गुप्तचर संस्थाले उसलाइ अहाेरात्र किन खाेजिरहेकाे छ ? नेपालका एकजना बरिष्ठ अधिकारीकाे गहिराे अध्ययन  र अनुसन्धानबाट थाहा लागे अनुसार हल्लमट्वाँटकाे असली नाम अर्कै छ । उसकाे अानिबबानि र अाचरण अनि व्यवहार हेरेर मानिसहरूले उसलाइ हल्लमट्वाँट भन्ने गरेकाे तथ्य प्रकाशमा अाएकाे  छ । वास्तवमा उस्काे नाम हल्लमट्वाँट हाेइन । हल्लमट्ँवाट त  उस्काे प्रतिकात्मक अर्थात सिम्बाेलिक नाम मात्र हाे । नेपाली भाषामा हल्लमट्वँट भनेर त्यस्ताे मानिसलार्इ भनिन्छ जाे अर्थहिन जीवन जिउछ । हल्लमट्वाँट बाहिरबबाट हेर्दा केहि हाे जस्ताे देखिए पनि भित्रबाट उ खाेक्राे हुन्छ । अाखिर थत्यस्ताे हल्लमट्वाँटलार्इ सि अाइ ए जस्ताे संस्थाले धुइधुइँति खाेज्नुपर्ने कारण के परेछ त ?

अमेरिकी राजदुतावासमा  कार्यरत एकजना कुटनीतिज्ञकाे भनाइ अनुसार हल्लमट्वााटकाे पाेशाकले धेरैलार्इ भ्रममा पारिसकेकाे छ । अफिपसरहरू देखि पियन सम्म् र साहस महाजन देखि ढाक्रे सम्म् हल्लमट्वाँटलार्इ बुझ्ने सवालमा झुक्किएका छन् । अनुसन्धानकर्ताहरूले हल्लमट्वाँट पढालेखा मान्छे हाेइन भन्ने रहस्य पनि पत्त्ा लगाएका छन् । भनिन्छ कि उसंगै हुर्कि बढेकाे एकजना व्यक्ति अाज पनि तरार्इमा रिक्सा चलाएर हिडिरहेकबाे छ । जान्ने बुझ्नेहरू भन्छन् कि काेटकाे खल्तिमा भिरिएका कलमहरू त हल्लमट्वाँटले अरूलार्इ झुक्याउन मात्र  भिरेकाे हाे । भिरिएका कुनै पनि कलम लेख्दैनन् भन्नेहरू याे पनि बताउछन कि हल्लमट्वाँटले भिरिएका कलमहरूले लेख्दै नलेख्नुकाे मुल कारण चाँहि याे हाे कि उ अरूले काम नलाग्ने भनेर मिल्काएकाे कलम टिपेर खल्तिमा भिर्छ । हल्लमट्वाँटबाट पियन पालेहरू सलाम ठाेकाउछ अनिअफिसर  र साहु महाजनहरूसंग हात मिलाउँछ । झुक्किए पछि कस्काे के लाग्छ  ? याे हल्लमट्वाँट हाे भनेर कसैकाे निधारममा लेखेकाे हुँदैन । अनुसन्धानकाे क्रममा एउटा राेचक तथ्य याे पत्ता लागेकाे छ छ कि हल्लमट्वाँटकाे अावरणबाट झुक्किनेहरूमा महिलाहरूकाे संख्या अत्यधिक छ । पाेशाक हेरेर पछि लाग्ने केहि महिलहरू त हल्लमट्वााटकाे असलियत थाहा पाइ पछि ग्वाँ ग्वाँ रूँदै बाटाेमा  हिडेकाे कुरा मानिसहरू बताउँछन् ।मानिसहरू सहज भावमा भन्छन् कि गर्नु नगर्नु गरिसकेर अाफु झुक्किएकाे थाहा पाएपछि रूनु त स्वभाविकै हाे नि ।

अब प्रश्न उठ्छ कि अाेसामा विनलादेन संग हल्लमट्वाँटकाे घनिष्ठ सम्बन्ध छ भनेर सि अाइ ए ले के काे अाधारमा अाराेप लगायाे त? यस विषयमा नेपालकाे गुप्तचर विभागमा कार्यरत एकजना अनुभवी कर्मचारीकाे भनाइ छ कि नेपालमा कार्यरत सि अाइ ए का एकजना एजेन्टले हल्लमट्वााटले अाफु अलकाइदाकाे मान्छे हुँ भनेर कसैलार्इ भनिरहेकाे  सुनेकाे रहेछ ।उक्त एजेन्टकाे रिपाेर्टमाम उल्लेख भएकाे विवरण अनुसार उसले उक्त कुरा एउटा लजकाे काेठामा बसेकाे बेला सुनेकाे  रहेछ। उसकाे भनाइ अनुसार रातकाे एघार बजेकाे थियाे  रे , लजकाे पल्लाे काेठामा हल्लमट्वाँट एउटी महिलासंग मस्ति गर्दै थियाे रे । एजेन्ट चाँहि काठकाे फल्याकमा कान थापेर उतापट्रटिकाे वार्तालाप सुन्दै थियाे ।ति दुबैले रिपाेर्टमा उल्लेख गर्न नमिल्ने काम कुरा समेत गरेछन् । पछि महिला चाहिले हल्लमट्वाँटसंग ‘म तपार्इ देखि असाध्यै खुशि छु’ भनिन रे । प्रतिउत्तरमा एजेन्टके भनार्इ छ कि हल्लमट्वााटले म त अलकाइदाकाे मान्छे पाे हुँ त मैया भन्याे रे । यति सुन्न साथ एजेन्ट एकदमै सजग भएछ  रातकाे एक बजे लजबाट हल्लमट्वााट निस्केपछि एजेन्टले पिछा गर्याे । रातककाे समय, सुनसान बाटाे त्यसममाथि सडकमा दुइजना मात्रै । धेरै पर चाेकमा पुगेपछि  एजेन्टले चुराेट सल्काउने बहानामा सलाइ माग्न हल्लमट्वाँटलार्इ बाेलाएछ ।  त्यसपछि उनीहरू बीच वार्तालाप भयाे । दुबैजना केहि समय वात मार्दै अगाडि बढे । एजेन्टलाइ हरहालतमा हल्लमट्वाँटकाे असलियत पत्ता लगाउनु थियाे । उसले हल्लमट्वाँटकाे  काेठामा जाने याेजना बनायाे र साे कुरा उसले हल्लमट्वााटलार्इ बतायाे । एजेन्टकाे रिपाेर्टमा लेखिए अनुसार उसकाे प्रस्तावलार्इ हल्लमट्वाँटले तत्कालै स्विकार गर्याे रे ।

एजेन्टकाे भनाइ छ कि हल्लमट्वाँटकाे काेठामा पुग्दा रातकाे साढे एक बजेकाे थियाे । काेठाभित्र पस्नासागथ एजेन्टकाे मुखमा अमिलाे पानि अायाे रे। कारण काेठामा गुन्द्रि माथि सामान्य विछ्याैना र एउटा पानीकाे पुराने घैटाे बाहेक त्यहाँ अरू केहि पनि थिएन । कहाँ टाइ सुट लगाएकाे मान्छे। कहाा मैलाे विछ्याैना र पानीकाे घैंटाे । त्यसममाथि पनि छिँडिकाे अध्याराे गन्हाउने काेठा । पहिला त एजेन्टलाइ हल्लमट्वाँट अल कायदाकाे मान्छे हाेइन कि जस्ताे लाग्याे रे । तर उसले वास्तविकता पत्त्ा लगाएरै छाड्ने अठाेट गरेछ । पछि दुबै जना बिछ्याैनामा पल्टिए । जाडाे महिना भएकाले एजेन्ट चै सिरकले मुख छाेपेर काेल्टे पर्याे । उ ननिदाइ चाल मारेर हरेक घटनाक्रमकाे अध्ययन गरिरहेकाे थियाे ।केहि क्षण पछि कट्टु र भेष्ट लगाएकाे हल्लमट्वाँट अाेड्नेबाट बाहिर निस्क्याे । एजेन्टले सिरक अलि अलि उठाएर हेर्याे । हल्लमट्वाँटले  काेठाकाे एक कुनामा रहेकाे खाेपामा हात घुसारेर केहि छामे जस्ताे गर्याे । के निकाल्न लागयाे यसले?  मनमनै साेच्दै, हलचल नगरि एजेन्ट चै बढाे सतर्कता पुर्वक हल्लमट्वाँटलार्इ हेरिरहेकाे थियाे  । क्षणभर मै हल्लमट्वाँटले खाेपाबाट पहिल्यै मारेर निभाएकाे चुराेटकाे ठुटा र लाइटर निकाल्याे । उ त्याे बाेकेर बिछ्याैना भए तिर अायाे अनि हतार हतार अाेड्ने भित्र घुस्रियाे । यता एजेन्टलार्इ चिन्ता लाग्न थाल्याे । कतै लाइटरमै पेस्ताेल फिट त छैन ? भन्ने शंकाले गर्दा उ झन हाेशियार भएर घटनाक्रम बुझ्न कान थापेर सुन्न थाल्याे । हल्लमट्वााटले तत्कालै चुराेट सल्काएन , एजेन्टलार्इ भित्रभित्रै डर लागेर अायाे । उसले सिरकबाट टाउकाे निकालेर बाहिर हेर्ने इच्छा गर्याे । जसै उसले सिरकबाट टाउकाे निकाल्न के खाेजेकाे थियाे अचानक ‘ठ्वास्स’ गरेकाे अावाज सुन्याे उसले ।र तत्कालै गिदिभित्र चिरिक्क् पाेले जस्ताे भयाे । अाेहाे ! साइलेन्सर फिट पेस्ताेल रहेछ । उसले यतिमात्र साेच्न भ्यायाे । त्यसपछिकाे घटनाक्रम उसलार्इ थाहा नै भएन । उसकाे हाृस हवास् गुम भयाे र उ तत्कल बेहाेश भइहाल्याे ।

Nawaraj Shameer,

क्रमश…. 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
बढ्दै लागुऔषध ओसारप्रसार, एक वर्षमा ४ हजार कारोबारी पक्राउ
बढ्दै लागुऔषध ओसारप्रसार, एक वर्षमा ४ हजार कारोबारी पक्राउ
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?
चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?
अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट
अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट
आजको राशिफल
आजको राशिफल
सुशिलकान्त चाैधरीका हत्यारा भन्छन् ‘तरकारि काट्ने चक्कुले छातिमा प्रहार गरे।’
५ जनाभन्दा बढि जम्मा नहुन चितवन प्रशासनको आदेश
५ जनाभन्दा बढि जम्मा नहुन चितवन प्रशासनको आदेश
महिला लघुवित्तको आईपिओ भोली बाँडफाँट हुने
महिला लघुवित्तको आईपिओ भोली बाँडफाँट हुने
भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान
भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

तपाईंले छुटाउनुभयो कि?