आयल निगमलाई उपभोक्ताभन्दा नाफा प्यारो !
सारांश
- काठमाडौं ४ पुस ।
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाए पनि नाफालाई उच्च प्राथमिकता दिएको छ ।
- उपभोक्तासँग नै व्यापार गरेर नाफा कमाउँदै आएको निगमले मूल्य समायोजनको बहाना बनाए पनि उपभोक्तालाई उच्च भार पर्नेगरी लिटरमै १३ रुपैयाँसम्म नाफा राखेको हो ।
काठमाडौं ४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाए पनि नाफालाई उच्च प्राथमिकता दिएको छ । उपभोक्तासँग नै व्यापार गरेर नाफा कमाउँदै आएको निगमले मूल्य समायोजनको बहाना बनाए पनि उपभोक्तालाई उच्च भार पर्नेगरी लिटरमै १३ रुपैयाँसम्म नाफा राखेको हो ।
निगमले १५ दिन मै सवा ८८ करोड रुपैयाँ नाफा राखेर मंगलबार मूल्य समायोजन गरेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ मूल्य घटाए पनि पेट्रोलमा लिटरमै १३ रुपैयाँ ७१ पैसा, डिजेल र मट्टीतेलमा ९ रुपैयाँ ८५ पैसा नाफा राखेको छ ।
समायोजन गरेपछि पेट्रोल लिटरको १ सय १० रुपैयाँ तथा डिजेल र मट्टीतेल ९७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । –नागरिक दैनिकबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया