‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०८०
|
|
२० पटक हेरिएको
Shares
‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’

सारांश

  • काठमाडौं ।
  • पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन् ।
  • पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा.

काठमाडौं । पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन् ।

पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने नीति सार्वजनिक गरेको भन्दै उक्त नीतिले पर्यटन व्यवसायी मारमा पर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले हवाई टिकटमा भ्याट लगाउने नियमले यात्रुलाई टुर प्याकेजमा महङ्गो हुने र नेपाल आउने पर्यटक घट्नसक्ने बताए ।

‘नेपालबाट विदेश जाने यात्रुले हवाई टिकटमा भ्याट लगाउँदा भ्याट नतिर्नका लागि विदेशबाट टिकट काट्न सक्छन्, जसले गर्दा नेपाली ट्राभल कम्पनी मारमा पर्न सक्छन्, सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन सक्दैन’, उनले भने ।

उनले सरकारले बजेट प्रस्तुत गर्नुपूर्व सरोकारवाला निकायसँग छलफल नगर्दा समग्र पर्यटन उद्योगलाई नै असर पर्ने चिन्ता बढेको बताए । ट्रेकिङ एजेन्सिज् एसोसिएस न अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले सरकारले पर्यटन क्षेत्रबाट व्यवसायीलाई वञ्चित गराउन खोजेको बताए ।

पर्यटनलाई उद्योगका रुपमा मान्यता नदिँदा राज्यबाट पाउनुपर्ने सहुलियतपूर्ण ब्याजदर तथा बिजुली शुल्क आदिबाट पर्यटन क्षेत्र वञ्चित हुनुपरेको उनको भनाइ छ ।

‘हवाई टिकटमा भ्याट लगाउने, पाँचतारे वा सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवामा दुई प्रतिशत विलासिता शुल्क लगाउने, विदेशमा पर्यटन भ्रमणमा जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने नीति अव्यावहारिक छ’, अध्यक्ष बाँस्तोलाले भने ।

व्यवसायीहरुले नेपालको जलयात्रा व्यवसायी लोपन्मुख हुँदै गएकाले राज्यले तत्काल जलयात्रा व्यवसायलाई लोपोन्मुख व्यवसाय घोषणा गरी नदी संरक्षणका साथै जलयात्रा व्यवसायीलाई उत्प्रेरणामूलक कार्यक्रम गराई बढावा दिनुपर्ने बताएका छन् ।

यस्तै २० वर्ष गुडेका पर्यटकीय सवारी साधनलाई इन्जिन जाँचका आधारमा उपयुक्त सवारी साधनलाई ३० वर्षसम्म सञ्चालन गर्न दिनुपर्ने, नेपाली वायुसेवा कम्पनीले विदेशमा उडान गर्दा विदेशी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले भ्याट लागू भएमा हवाई भाडा बढ्ने र त्यसको असर नेपाली वायुसेवा कम्पनीमा देखिने व्यवसायीले बताएका छन् ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउने जिम्मा निजी कम्पनी र व्यवसायीको भएकाले बजेटले निजी क्षेत्रलाई सहज गरिदिनुपर्ने बताए । उनले पर्यटन मन्त्रालय लगायतका ठाउँमा पर्यटन क्षेत्रको विज्ञ नहुँदा उक्त क्षेत्रले चाहेजस्तो सफलता हात पार्न नसकेको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा नाट्टा, टान, होटल एसोसिएसन अफ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), हिमालयन उद्धार सङ्घ (एचआरए), वायुसेवा सञ्चालक सङ्घ, ठमेल पर्यटन विकास परिषद्, टुरिष्ट बस एसोेसिएसन अफ नेपाल (टिवान)लगायत झन्डै डेढ दर्जन सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको सहभागीता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. बाबुराम भट्टराईको नजरमा चिनियाँ राष्ट्रपतिको भ्रमण कति सफल ?
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
समुन्द्र भट्टको फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट
समुन्द्र भट्टको फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट
विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा
विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा
रामचन्द्र गुटको भेलामा शेरबहादुरको विरोध, पौडेलले भने- देउवाबाट अब पार्टी चल्दैन
नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !
नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !
किन चाहियो २५ मन्त्रीलाई ४० कवाटर ?
किन चाहियो २५ मन्त्रीलाई ४० कवाटर ?
घुस असुल्दै आएका यी एसपी साव !
घुस असुल्दै आएका यी एसपी साव !
अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी
अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा

तपाईंले छुटाउनुभयो कि?