नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २६, २०७६
|
|
३९ पटक हेरिएको
Shares
नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण

सारांश

  • कैलाली ।
  • सुदूरपश्चिम प्रदेश सरकारले भारतले आफ्नो नक्शामा दार्चुला जिल्लाको व्यास गाउँपालिकाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय भूमिमा समावेश गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको आकस्मिक बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ध्यानाकर्षण भएको जानकारी गराइएको हो ।

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भारतले आफ्नो नक्शामा दार्चुला जिल्लाको व्यास गाउँपालिकाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय भूमिमा समावेश गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको आकस्मिक बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ध्यानाकर्षण भएको जानकारी गराइएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले यस विषयलाई लिएर प्रदेशमा राष्ट्र र राष्ट्रियताप्रति व्यापक जनचासो बढ्दै गएको अवस्थामा नेपालको संविधानबमोजिम अन्तर्रा्ष्ट्रिय सीमासम्बन्धी विषय सङ्घीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भएकाले यस सम्बन्धमा नेपाल सरकारबाट भइरहेको पहलप्रति धन्यबाद व्यक्त गरिएको जानकारी दिए ।

बैठकले भारतसँग दार्चुलालगायतका अन्य भूभागमा देखिएको अन्तरराष्ट्रिय सीमासम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट यथाशीघ्र समाधानका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको मन्त्री शाहले बताए ।पत्रकारहरुको प्रश्नमा मन्त्री शाहले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै डडेलधुरामा अनशनरत प्राडा गोविन्द केसीका जायज मागप्रति सरकारको समर्थन रहेको बताए । उनले भने, ‘‘उहाँका जायज माग सम्बोधन गराउनका लागि नेपाल सरकारसँग समन्वय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ