बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला

सारांश

  • सुरुङ्गा, झापा, १८ मंसिर, दोस्रोचरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो ।
  • आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ ।
  • राजनीतिक दलहरु प्रचारप्रसारको अन्तिम दौडधुपमा ब्यस्त छन् ।

सुरुङ्गा, झापा, १८ मंसिर, दोस्रोचरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो ।

आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । राजनीतिक दलहरु प्रचारप्रसारको अन्तिम दौडधुपमा ब्यस्त छन् । मौन अवधि शुरु हुनै लाग्दा झापा क्षेत्र नं ३ को चर्चा अझ बढी चुलिएको छ ।

क्षेत्र नं ३ मा काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ । उहाँहरु अहिले मतदाता फकाउन अन्तिम कसरतमा जुट्नुभएको छ ।

झापामा करिब रु तीन अर्ब ५० करोड बजेट आफ्नो क्षेत्रमा भित्र्याएर विकास निर्माणको लहर ल्याएकाले आफ्नो जित सुनिश्चित रहेको काँग्रेसका पूर्व महामन्त्री एवं यस क्षेत्रका उम्मेदवार सिटौला बताउनुहुन्छ ।

राप्रपाका महामन्त्री लिङ्देन आफ्नो जित सुनिश्चित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– “गठबन्धनका कारण म सहजै जित्छु ।”

देशव्यापी रुपमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएसँगै काँग्रेसले पनि राप्रपासँग गठबन्धन गरेको थियो । तर, झापामा त्यो गठबन्धन टिक्न नसक्दा राप्रपालाई वाम गठबन्धनले साथ दिएको छ भने काँग्रेस एक्लै चुनावी मैदानमा छ ।

विसं २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा सिटौलासँग लिङ्देन पराजित हुनुभएको थियो । यसपटक सिटौलालाई पराजित गर्दै लिङ्देन बदला लिने सोचमा हुनुहुन्छ । सिटौला भने आफ्नो विरासत जोगाउने अन्तिम कसरतमा हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना
सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना
फिलिपिन्सको तीन वटा घण्ट फिर्ता
फिलिपिन्सको तीन वटा घण्ट फिर्ता
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
डोटेली भाषाको चलचित्र छायाङ्कन शुरु
डोटेली भाषाको चलचित्र छायाङ्कन शुरु
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाई आज
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाई आज
प्रदेश २ र ५ मा आजदेखि श्रम, रोजगारसम्बन्धी सेवा शुरु
प्रदेश २ र ५ मा आजदेखि श्रम, रोजगारसम्बन्धी सेवा शुरु
गृहमा चेक लिनेको लर्को ,निर्वाचनको मुखमा बाँड्न थालियो करोडौं रुपैयाँ !
गृहमा चेक लिनेको लर्को ,निर्वाचनको मुखमा बाँड्न थालियो करोडौं रुपैयाँ !
धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु
धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु
प्रधानमन्त्री ओलीले भिडियोमार्फत सिंगापुरबाटै मन्त्रीपरिषद बैठकको नेतृत्व गर्ने