हाकिमहरुको सेवामा खटिएका ७४ प्रहरी फिर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
हाकिमहरुको सेवामा खटिएका ७४ प्रहरी फिर्ता

सारांश

  • काठमाडौं प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरीलाई फिर्ता बोलाएको छ ।
  • उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ अधिकारीलगायतले बर्षौंदेखि गैरकानुनी रुपमा काममा लगाइरहेका थिए ।
  • फिर्ता आएकामा ५७ सुरक्षा गार्ड र १७ जना चालक छन् ।

काठमाडौं प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरीलाई फिर्ता बोलाएको छ ।

उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ अधिकारीलगायतले बर्षौंदेखि गैरकानुनी रुपमा काममा लगाइरहेका थिए ।

फिर्ता आएकामा ५७ सुरक्षा गार्ड र १७ जना चालक छन् । आजको कान्तिपुर दैनिकको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

प्रहरीका अजनुसार पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, केशवप्रसाद उपाध्याय तथा मीनबहादुर रायमाझीको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाइएको छ ।

कांग्रेस नेतृ एवं पूर्वउपसभामुख चित्रलेखा यादव, पूर्वमन्त्रीहरु नरहरि अचार्य, रमेश लेखक, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत अन्य नेताहरुले गैरकानुनी रुपमा सुरक्षा गार्डका रुपमा राखेका प्रहरीलाई फिर्ता गरिएको छ ।

उनीहरुले गैरकानुनी रुपमा प्रहरीलाई प्रयोग गरेको सूचना आएपछि फिर्ता बोलाएको जानकारी प्रहरी प्रधान कार्यालयका अधिकारीले दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Angel Biwash

    Jamma 74 prahari firta aru baki kaha xan khoi???

    Comment Author

    Tilak Raj Khanal

    Katai 74 ta katai 54 yestai ho media ko chala

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?