परराष्ट्रमन्त्रीको स्वकीय सञ्चार विज्ञमा सुधन ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्रीको स्वकीय सञ्चार विज्ञमा सुधन ज्ञवाली

सारांश

  • काठमाडौं, ३२ असार ।
  • परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको स्वकीय प्रेस विज्ञमा सुधन ज्ञवाली नियुक्त भएका छन् ।
  • परराष्ट्र मन्त्री ज्ञवालीले उनलाई आफ्नो स्वकीय प्रेस विज्ञमा नियुक्त गरेका हुन् ।

काठमाडौं, ३२ असार । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको स्वकीय प्रेस विज्ञमा सुधन ज्ञवाली नियुक्त भएका छन् । परराष्ट्र मन्त्री ज्ञवालीले उनलाई आफ्नो स्वकीय प्रेस विज्ञमा नियुक्त गरेका हुन् ।

पत्रकार सुधन ज्ञवालीले यसअघि लामो समय रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका मिडियाहरुमा काम गरिसकेका छन् । उनी पछिल्लो चरणमा मोटिभेशनल स्पिकरको रुपमा चर्चित छन् । ज्ञवालीले शिखरन्युज डटकमको युटयुब च्यानल शिखरन्युज टिभीबाट सकारात्मक सोंचसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए ।

त्यसअघि उनले स्वास्थ्य मन्त्री खगराज अधिकारीको प्रेस सल्लाहकारका रुपमा पनि काम गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?