बार्सिलोनाका महत्वपूर्ण मिडफिल्डरले क्लव छोड्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २९, २०७६
|
|
५२ पटक हेरिएको
Shares
बार्सिलोनाका महत्वपूर्ण मिडफिल्डरले क्लव छोड्ने

सारांश

  • काठमाडौँ ।
  • क्रोएसियाका मिडफिल्डर इभान राकीटिकले बार्सिलोना छोड्ने भएका छन् ।
  • राकीटिक इटालियन सिरी ए क्लब इन्टर मिलान जान लागेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।
काठमाडौँ । क्रोएसियाका मिडफिल्डर इभान राकीटिकले बार्सिलोना छोड्ने भएका छन् । राकीटिक इटालियन सिरी ए क्लब इन्टर मिलान जान लागेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । पाँच सिजन बार्सिलोनामा खेलेका राकीटिक इन्टरमिलान जाने लगभग तय भएको मिडिया रिपोर्टमा बताइएको छ । 
राकीटिक ५० मिलियन युरोमा इन्टर मिलन जान लागेको गोल डटकमले उल्लेख गरेको छ । गत सिजनमा फ्रेन्च क्लब पिएसजीले राकीटिकलाई सय मिलियन युरोको अफर गर्दा बार्सिलोनाले सो अफर अस्विकार गरेको थियो । २०१४-१५ सिजनमा स्पेनिस क्लब सेभिल्लाबाट बार्सिलोना आएका राकीटिकको बार्सिलोनामा अत्यन्त सफल क्यारियर रहेको छ ।
राकीटिकले बार्सिलोनामा ५ सिजनमा कैयौ उपाधि जित्न सफल भएका छन् । बार्सिलोनाका लागि २६५ खेल खेलेका राकीटिकले ३५ गोल समेत गरेका छन् । बार्सिलोनामा ५ सिजनमा ४ ला लिगा उपाधि, ४ कोपा डेल रे उपाधि, एक च्याम्पियन्स लिग उपाधि, दुई सुपर कोपा स्पेन र एक युइएफए सुपर कोपाको उपाधि जितेका छन् ।
३१ बर्षिय राकीटिक बार्सिलोनामा रहदा नियमित रुपमा बार्सिलोनाको प्लेइङ एघारको महत्वपूर्ण हिस्सा रहेका छन् । यस सिजनमा बार्सिलोनामा अयाक्सका स्टार फ्रेन्की डी जोंग आउने भएकाले पनि राकीटिक बार्सिलोनाबाट बाहिरिने भएको बताइएको छ । इन्टरमिलनले राकीटिकसँगै चेल्सीका पुर्व म्यानेजर एन्टोनियो कोन्टेलाई भित्राउने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Welcome to Zoho Mail
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट हेदाहेर्दैमा
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट हेदाहेर्दैमा
सन्दीपको प्रदर्शन नेपाली क्रिकेटको विकास लागि ठूलो उर्जा– प्रचण्ड
सन्दीपको प्रदर्शन नेपाली क्रिकेटको विकास लागि ठूलो उर्जा– प्रचण्ड
नेपाली जनताका नायक स्वर्गीय  मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
नेपाली जनताका नायक स्वर्गीय मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
नेता कोइरालाले भनेः  लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घात भयो
नेता कोइरालाले भनेः लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घात भयो
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
पोखरामा असोज १० गते मिनीसडक महोत्सव हुने
पोखरामा असोज १० गते मिनीसडक महोत्सव हुने
बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला
बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला
भारतीय नागरिक नेपालको सांसदमा कसरी ?
भारतीय नागरिक नेपालको सांसदमा कसरी ?