करनले बचाए नेपाललाई संकटबाट, नेपाल द्वारा १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत !
सारांश
- काठमाडाैँ २१ असाेज ।
- टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा नेपालले थाइल्याण्ड सामु १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।
- नेपालले करन केसीकाे अाक्रामक पारीकाे मदतले ७ विकेटकाे क्षतिमा १ सय ७२ रन बनाएपछि थाइल्याण्डले १ सय ७३ रनकाे लक्ष्य पाएकाे हाे ।
काठमाडाैँ २१ असाेज । टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा नेपालले थाइल्याण्ड सामु १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । नेपालले करन केसीकाे अाक्रामक पारीकाे मदतले ७ विकेटकाे क्षतिमा १ सय ७२ रन बनाएपछि थाइल्याण्डले १ सय ७३ रनकाे लक्ष्य पाएकाे हाे । नाै नम्बरमा ब्याटिङ् गर्न अाएका करनले मात्र १४ बलमा ४ छक्का र २ चाैका प्रहार गर्दै ४० रन बनाएका थिए ।
राम्राे सुरुवात पाएकाे नेपालले लय कायम गर्न नसक्दा बिचमा भड्किएकाे थियाे । २ विकेटकाे क्षतिमा ९९ रन बनाएकाे नेपालले त्यसपछिकाे २९ रनमा लगातार ५ विकेट गुमाएकाे थियाे । नेपालका लागि करन केसीले ४० रन बनाउनु बाहेक सरद भेषावकरले ३३, दिपेन्द्र सिँह एेरीले ३० र अनिल कुमार शाहले २५ रन बनाए । त्यस्तै विनाेद भण्डारीले १५ रन बनाउनु बाहेक अन्यले दाेहाेराे अंककाे रन बनाउन सकेनन् । थाइल्याण्डका लागि पायुपुथ सुङ्नार्ड एक्लैले ४ विकेट लिए ।
थाइल्याण्ड र नेपाल दुवै अपराजित यात्रामा छन् । तीन खेल खेलेको थाइल्याण्ड दुई खेलमा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा छ । थाइल्याण्डको एउटा खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो । त्यस्तै नेपाल दुई खेलबाट चार अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा म्यानमारलाई आठ विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई पनि आठ विकेटले नै पराजित गरेको थियो । तीन खेलमध्ये सबैमा जित हाँसिल गरेको सिंगापुर अंकतालिकाको शिर्ष स्थानमा छ ।
नेपालले अब भुटान, चीन र सिंगापुरसँग खेल्न बाँकी छ । यस प्रतियोगिताबाट शिर्ष तीनमा रहने टोली अर्को चरणको छनोट प्रतियोगिता खेल्नेछन् । अर्को समूह ए बाट भने युएइ, कतार र कुवेत दोस्रो चरणको छनोट प्रतियोगितामा स्थान बनाएका छन् । एसिया छनोट प्रतियोगिताबाट दुई टोलि विश्वव्यापि छनोट प्रतियोगितामा भाग लिन पाउनेछन् । जहाँ जम्मा १४ टोली सम्मिलित हुनेछन् र शिर्ष ६ टोलि २०२० मा हुने टि ट्वान्टि विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछन् ।
प्रतिक्रिया