संगीतमा सफल र प्रेममा असफल अरिजित सिंहकाे लुकेकाे पाटाे

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
४६ पटक हेरिएको
Shares
संगीतमा सफल र प्रेममा असफल अरिजित सिंहकाे लुकेकाे पाटाे

सारांश

  • एजेन्सी, १२ बैशाख ।
  • एकपछि अर्को ‘हिट’ गीत दिएर बलिउडमा चर्चा कमाएका गायक अरिजित सिंह प्रेम र विवाहको विषयमा भने अभागी छन् ।
  • आजैका दिन अर्थात २५ अप्रिलमा जन्मिएका अरिजित ३१ वर्षका भए ।

एजेन्सी, १२ बैशाख । एकपछि अर्को ‘हिट’ गीत दिएर बलिउडमा चर्चा कमाएका गायक अरिजित सिंह प्रेम र विवाहको विषयमा भने अभागी छन् ।

आजैका दिन अर्थात २५ अप्रिलमा जन्मिएका अरिजित ३१ वर्षका भए । तर, यहाँसम्म आउँदा संगीतमा सफल र प्रेममा असफल ।

जब फिल्म ‘आशिकी–२’को गीत रातारात लाइमलाइटमा आयो, तब अरिजित चम्किए । उनले अहिलेसम्म दुई सयभन्दा बढी गीत गाइसकेका छन् । तर, यी बलिउडका उम्दा गायकको नीजि जीन्दगीबारे कमैलाई थाहा छ । कतिपयलाई उनले बिहे गरेको समते थाहा छैन ।

पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि अरिजितले एक बच्चाकी आमा कोयल रायसँग दोस्रो बिहे गरेका थिए । पत्नी कोयल उनको बच्चापनदेखिककै साथी पनि हो ।

अरिजितले एक सांगीतक कार्यक्रमको दौरानमा २०१३ मा पहिलाे बिहे गरेका थिए । तर, त्यो विवाह लामो समय टिकेन । उनीहरु २०१३ मै छुटिए । त्यसपछि नै अरिजितले बच्चादेखिकै आफ्ना साथी कोयलसँग बंगाली रीति–रिवाजअनुसार २०१४ मा बिहे गरेका हुन ।

यो दुवैको दोस्रो विवाह थियो । अरिजितले आफ्नो दोस्रो बिहेबारे धेरैपछि मात्र सोशल मिडियामा फोटो शेयर गरेर जानकारी गराएका थिए । अन्तर्वाताको क्रममा बिहेबारे प्रश्न गर्दा उनले ‘नीजि कुरा’ भन्दै टारिए ।

(https://www.newslive.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशीफल
आजको राशीफल
How you can Run a Mother board Meeting
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
अवैध नेटवर्किङ संचालनमा एनआईसी एसिया बैैकका कर्मचारी पनि पक्राउ
अवैध नेटवर्किङ संचालनमा एनआईसी एसिया बैैकका कर्मचारी पनि पक्राउ
उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए
उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए
पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा
पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा
जेन-जीहरुले पार्टी खोल्नुपर्छ : वरिष्ठ अधिवक्ता डा.पण्डित
जेन-जीहरुले पार्टी खोल्नुपर्छ : वरिष्ठ अधिवक्ता डा.पण्डित
अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जना पक्राउ
अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जना पक्राउ
अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता
अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता