हात्ती खेल सङ्घमा घिमिरे

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
हात्ती खेल सङ्घमा घिमिरे

सारांश

  • काठमाडौँ,१८ पुस ।
  • क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नेपाल हात्ती खेल सङ्घ गठन गरिएको छ ।
  • राष्ट्रिय खेलकूद परिषद्ले सङ्घ पुनर्गठन गर्दै नयाँ समिति गठन गरेको हो ।

काठमाडौँ,१८ पुस । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नेपाल हात्ती खेल सङ्घ गठन गरिएको छ ।

राष्ट्रिय खेलकूद परिषद्ले सङ्घ पुनर्गठन गर्दै नयाँ समिति गठन गरेको हो । यसअघि चितवनकै बद्री अधिकारीको अध्यक्षतामा सङ्घ गठन गरिएको थियो । राखेपको पुस ७ गतेको निर्णयअनुसार हात्ती खेल सङ्घ गठन गरी जिम्मेवारी तोकिएको हो ।

तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा घनश्याम श्रेष्ठ, उपाध्यक्षमा दीपक भट्टराई र योगेश अधिकारी, महासचिवमा राममणि खनाल, सचिवमा दीपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिता चौधरी रहनुभएको छ । पदाधिकारी सबै चितवन सौराहाका होटल तथा पर्यटन व्यवसायी हुन् ।

सदस्यमा टीका गिरी, ठाकुरमान श्रेष्ठ, केशव आचार्य, भुपालदास श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ तथा राखेपका दुई प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका एक प्रतिनिधि, चितवन राष्ट्रिय निकुञ्जका एक तथा निजी हात्ती धनीका एक प्रतिनिधि रहने गरी समिति गठन गरिएको छ । आगामी तीन महीनाभित्र अधिवेशन गरेर नयाँ कार्यसमिति गठन गरिने घिमिरेले जानकारी दिनुभयो ।

सङ्घ हात्तीका खेल सञ्चालन गर्दै नेपालमा यसको संरक्षणमा जुट्नेछ । यसअघि हात्तीसँग सम्बन्धित खेल क्षेत्रीय होटल सङ्घले सञ्चालन गर्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?