मानव अधिकार हननका यी ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
४० पटक हेरिएको
Shares
मानव अधिकार हननका यी ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने

सारांश

  • काठमाडौँ, २ साउन ।
  •   सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् ।
  • विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई रु ७५ लाख १४ हजार ९०० क्षतिपूर्ति दिने निर्णय सरकारबाट भएपछि पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् ।

काठमाडौँ, २ साउन ।  सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् । विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई रु ७५ लाख १४ हजार ९०० क्षतिपूर्ति दिने निर्णय सरकारबाट भएपछि पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् ।

मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले यस्तो निर्णय गरेको हो । पीडितले सो क्षतिपूर्ति रकम जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पाउनेछन् । मानव अधिकार हननसम्बन्धी घटनामा क्षतिपूर्ति पाउनेहरुमा मृतक रसुवा लहरेपौवा–२ का अर्जुन लामिछाने, समरथली–७ रसुवाका लीलामाया तामाङ र समरथलीकै–७ का वीरबहादुर तामाङ, ललितपुर माल्टा–२ का शुकबहादुर थिङ र भीमबहादुर बोम्जन, नुवाकोट शिखरबेंसी–६ का चतुरनारायण योगी र कैलाली दरम–२ मा खुशीराम चौधरीका परिवारले रु तीन लाखका दरले क्षतिपूर्ति पाउने छन् ।

कैलाली रतनपुर–५ घटनामा घाइते भएकामध्ये रमदैया चौधरीलाई रु तीन लाख, माधुरी चौधरीलाई रु तीन लाख, अलिसा चौधरीलाई रु दुई लाख ५० हजार, रुपादेवी चौधरीलाई रु दुई लाख ५० हजार र अमिसा चौधरीलाई रु तीन लाख र प्रदेश चौधरीलाई रु दुई लाख ५० हजार क्षतिपूर्ति सरकारले दिनेछ।गैरकानूनीमा थुनामा परेका व्यक्ति काठमाडौँ नाङ्लेभारेका घनश्याम बस्ताकोटीलाई रु १० हजार ५००, कैलाली फूलबारी–६ का तीर्थराज पौडेललाई रु १० हजार र जुम्ला महतगाउँका क्षेत्रबहादुर महतलाई रु एक लाख ४४ हजार क्षतिपूर्ति दिइनेछ ।

बेपत्ता पारिएका व्यक्तिहरु कञ्चनपुर श्रीपुर–२ का छोटेलाल चौधरी, नाथुराम चौधरी र जंगबहादुर चौधरीका परिवारले रु तीन लाखका दरले क्षतिपूर्ति पाउने छन् । त्यसैगरी, बेपत्ता पारिएका व्यक्ति कैलाली रतनपुर–५ का धरमपाल चौधरीको परिवारलाई रु तीन लाख क्षतिपूर्ति उपलब्ध गराइने छ ।

घाइते बझाङ चैनपुर–८ का राजन रजकलाई रु तीन लाख र लोकेश हमाललाई रु दुई लाख ५० हजार क्षतिपूर्ति दिइने छ । घाइते तथा अशक्त कैलाली मालाखेती–३ का तेजबहादुर साउदलाई रु दुई लाख, कैलाली भजनी–३ का भुवनराज न्यौपानेलाई रु तीन लाख र कञ्चनपुर देखतभुली–८ का भीमबहादुर विष्टलाई रु तीन लाख दिइने छ ।

यातनापीडित नुवाकोटका लक्ष्मण न्यौपानेलाई रु ७५ हजार दिइने छ भने अरुणोदय–९ तनहँुका झकबहादुर कुमाल र नेत्रबहादुर कुमाललाई जनही रु एक लाख दिइने छ । अन्य यातानापीडितमध्ये नेउलापुर–५ बर्दियाका विष्णुवन सन्न्यासीलाई रु एक लाख, हसुलिया–१ कैलालीका भीमबहादुर कोलीलाई रु एक लाख ७५ हजार दिइने छ । नुवाकोट कुमरी–२ का यातना पीडित दामोदरप्रसाद गौतमलाई क्षतिपूर्तिबापत रु एक लाख दिइने छ ।

मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले पीडित परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णयलाई आयोगले सकारात्मक रुपमा लिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “पीडितलाई क्षतिपूर्ति दिने सरकारको निर्णय स्वागतयोग्य छ । दोषीलाई कारबाही गर्ने कामलाई पनि सरकारले गम्भीर रुपमा लिए प्रभावकारी हुन्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मिस इण्डिया २०२३’ को ताज राजस्थानकी नन्दिनी गुप्तालाई
‘मिस इण्डिया २०२३’ को ताज राजस्थानकी नन्दिनी गुप्तालाई
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा
त्रियुगा नगरपालिका यो बर्ष ३  फोटो कथा
त्रियुगा नगरपालिका यो बर्ष ३  फोटो कथा
कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने
भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
महिला श्रमिकलाई वैदेशिक रोजगारीका लागि अनुमति दिन श्रममन्त्रीको आग्रह
महिला श्रमिकलाई वैदेशिक रोजगारीका लागि अनुमति दिन श्रममन्त्रीको आग्रह
सकियो लामिछानेको बयान, अब थुनछेक बहस हुँदै
सकियो लामिछानेको बयान, अब थुनछेक बहस हुँदै
तुइन खोलामा फेरि पहिरो, मुग्लिन-नारायणगढ खण्ड दुईतर्फी अवरुद्ध
तुइन खोलामा फेरि पहिरो, मुग्लिन-नारायणगढ खण्ड दुईतर्फी अवरुद्ध
नेपालले चाहँदैमा सार्क सम्मेलन सम्भव छैनः परराष्ट्रमन्त्री ज्ञवाली