बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • बार्सिलोना, ४ भदौ ।
  • स्पेनको बार्सिलोना सहरमा गत बिहीबार आतंककारी हमला भयो ।
  • त्यहाँ कम्तीमा पनि १३ जनाको ज्यान गयो ।

बार्सिलोना, ४ भदौ । स्पेनको बार्सिलोना सहरमा गत बिहीबार आतंककारी हमला भयो । त्यहाँ कम्तीमा पनि १३ जनाको ज्यान गयो । अरु १०० जनाभन्दा बढी नराम्ररी घाइते भए ।

पछि सो हमलाको इस्लामिक स्टेट नामक आतंककारी समूहले जिम्मा लिएको छ । उक्त समूहले सो भीषण हमलाको जिम्मा लिएपछि सो सहरमा बस्ने मुस्लिम समुदायका नागरिकमा त्रास छाएको समाचार छ ।

यहाँ रहेका मुस्लिम समुदायका नागरिकमाथि हमला हुनसक्ने त्रास बढेको समाचारमा जनाइएको छ ।

बार्सिलोना सहरमा सानो संख्यामा मुस्लिम समुदायका नागरिक बस्छन् । उनीहरुमा आफूहरुमाथि हमला हुने हो कि भन्ने डर छ, यहाँका बासिन्दालाई उद्धृतगर्दै समाचारमा जनाइएको छ ।

गएको करिब नौ वर्षदेखि बार्सिलोनमा बस्दै आएका बंगलादेशका २३ वर्षिय मिहाले भने, यहाँ बसोबास गर्दै आएका मुस्लिम समुदायका नागरिक निकै डराएका छन् उनीहरु घरबाहिर पनि निस्किन सकिरहेका छैनन् ।

बार्सिलोना सहरको एक बस्तीमा ४० जना मुस्लिम बस्दै आएका छन् । उनीहरु ४० को संख्यामा रहेका छन् । तर गत शुक्रबार प्रार्थना गर्न मस्जिदमा बढीमा १५ जनामात्र आएका थिए, उनले भनेका छन् ।

उनका अनुसार मुस्लिम अनुहार देखेपछि बाटो हिंडीरहेका सर्वसाधारण नागरिकदेखि प्रहरीसम्मले निकै निगरानी गर्ने र कडा रुपमा हेर्ने भएकोले उनीहरुमा त्रास छाएको मिहाको भनाई थियो ।

इस्लामिक स्टेटले गएका केही बर्षयतादेखि युरोपेली देशमा आक्रमण गर्दै आएको छ । यसरी गरिएका आक्रमणहरुबाट नागरिकको ज्यान जाने क्रम बढ्दो मात्रामा रहेको बताइएको छ ।

सन् २०१४ मा उक्त आतंककारी समूहले गरेको आक्रमणमा परी ४८ जनाको ज्यान गएको थियो भने यो संख्या २०१५ सम्ममा निकै बढेको छ ।

युरोपमा कार्यालय रहेको एक संस्थाको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा युरोपका विभिन्न देशमा भएका यस्ता आतंककारी हमलामा परी ज्यान जानेको संख्या ५३४ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत एयरले नियमित र हिमालय एयरले चार्टड उडान गर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत एयरले नियमित र हिमालय एयरले चार्टड उडान गर्ने
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने  गरेको खुलासा
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको खुलासा
होटल व्यवसायी सङ्घमा भट्टराई
होटल व्यवसायी सङ्घमा भट्टराई
सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल
सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल
ओलीको सन्देश बोकेर पौडेल खुमलटारमा
ओलीको सन्देश बोकेर पौडेल खुमलटारमा
दक्षिण अफ्रिकाको कारण सत्ता त्याग्नु परेको मुगाबेको दावी
दक्षिण अफ्रिकाको कारण सत्ता त्याग्नु परेको मुगाबेको दावी
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै
वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ
वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
रियाल, दिर्हाम र रिंगिटको सटही दर आज पनि स्थिर