“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”

सारांश

  • असार १६, काठमाण्डौ ।
  • अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले सरकारले बजेटमार्फत वृद्ध भत्ता बढाए पनि आफूहरुले पैसा मात्रै नखोजेको बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पराजुलीले आफूहरुलाई सम्मानजनक रुपमा बाँच्ने परिस्थिती बनाइदिन सरकारसँग आग्रह गरेका हुन् ।

असार १६, काठमाण्डौ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले सरकारले बजेटमार्फत वृद्ध भत्ता बढाए पनि आफूहरुले पैसा मात्रै नखोजेको बताएका छन् ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पराजुलीले आफूहरुलाई सम्मानजनक रुपमा बाँच्ने परिस्थिती बनाइदिन सरकारसँग आग्रह गरेका हुन् ।“छोराहरुले आफ्नै बाबुआमालाई यो मेरो हली हो, नोकर हो भनेर परिचय दिने अवस्थाको अन्त्य हुनुपर्छ । बुहारीले हेप्ने, बोक्सी भनेर कुट्ने जस्ता कामको अन्त्य खोजेका हौँ ।” पराजुलीले भने ।

कानुनले गरेको व्यवस्थाअनुसार आफूहरुको सम्मान र संरक्षण हुनुपर्नेमा उनले जोड दिएका हुन् । आफूहरुले काठमाण्डौको मिनभवनमा ८ वर्षसम्म निरन्तर धर्ना दिएको तर अहिले उक्त धर्ना स्थगित गरेर आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए ।अब सिंहदरबारभित्र प्रवेश गरिसकेको बताउँदै उनले त्यहीँ धर्ना बस्न सुरु गरिसकेको उनले बताए । गत ५ गतेदेखि आधा दर्जन मन्त्रालयमा धर्ना सुरु गरिएको उनले जानकारी दिए ।पराजुलीले पत्रकार ऋषि धमलाको प्रशंसा गर्दै हरेक पीडा सहेर देश र जनताका लागि निरन्तर खटेको बताए । नागरिकको समस्या समाधानका लागि धमलाले यन्त्रमानवले झैँ काम गरेको उनको तर्क छ । उनले भने–धमलालाई जन्माउने बाउआमालाई म सलाम गर्न चाहन्छु । थोरै क्षमता भएको मान्छेले धमलाले झैँ काम गर्न सक्दैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?