ओखलढुङ्गा चम्पादेवीका दुर्गाधन सुनुवारको गोकर्णमा फेला
सारांश
- जोरपाटी १२ भदौ ।
- गत बिहिबारदेखि हराइरहेका ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थायी घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णमा बस्दै आएका वर्ष २४ का दुर्गाधन सुनुवार आइतबार बिहान मृत अवस्थामा भेटिएका छन् ।
- गोकर्ण मन्दिर नजिकै बागमती नदिको किनारमा आइतबार बिहान सुनुवारको शव भेटिएको हो।
जोरपाटी १२ भदौ । गत बिहिबारदेखि हराइरहेका ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थायी घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णमा बस्दै आएका वर्ष २४ का दुर्गाधन सुनुवार आइतबार बिहान मृत अवस्थामा भेटिएका छन् । गोकर्ण मन्दिर नजिकै बागमती नदिको किनारमा आइतबार बिहान सुनुवारको शव भेटिएको हो।
बिहानै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको खबर सुन्नासाथ प्रहरी घटना स्थलमा पुगेको थियो । गत बिहीबार साँझ ८ बजेदेखि नै सुनुवार हराइरहेको परिवारले जानकारी दिएको छ ।
प्रहरीले मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागी फरेन्सिक मेडिसिन विभाग महाराजगंजमा पठाइएको बौद्ध प्रहरीले जनाएको छ।
घटनास्थल र शवको प्रकृति हेर्दा मृत सुनुवारको गालाबाट रगत बगिरहेको अवस्थामा र शरिरमा घाउचोट र निलडाम भई रगत लत्तपतिएको अवस्थामा शव फेला परेको परिवारका आफन्तले बताएका छन् ।
घट्नाको अवस्था र शवको प्रकृति हेर्दा हत्या भएको र मारेर शव खोलामा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटना सम्बन्धमा महानगरीय प्रहरी बृत बौद्ध काठमाण्डौंबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया