हालसम्म चार हजार विद्यालय पुनःनिर्माण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
हालसम्म चार हजार विद्यालय पुनःनिर्माण

सारांश

  • काठमाडौँ, २८ फागुन , विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् ।
  • पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार ४३७, निर्माण व्यवसायीमार्फत ३१४ र गैरसरकारी क्षेत्रबाट २९२ विद्यालय गरी कूल दुई हजार ४३ विद्यालय निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।

काठमाडौँ, २८ फागुन , विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार ४३७, निर्माण व्यवसायीमार्फत ३१४ र गैरसरकारी क्षेत्रबाट २९२ विद्यालय गरी कूल दुई हजार ४३ विद्यालय निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार समूहको आयोजनामा काभ्रेको धुलिखेलमा आयोजित छलफल कार्यक्रममा नेपालले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काठमाडौँ र भक्तपुरमा एशियाली विकास बैंक (एडिबी), अमेरिकी सहयोग संस्था युएसएड र नेपाल सरकारको रु. ९.६ अर्ब बजेटमा १५४ विद्यालय निर्माण गर्ने लक्ष्य रहेकामा ४१ विद्यालय निर्माण सम्पन्न भएका र ११३ विद्यालय अझै निर्माण हुन बाँकी रहेको जानकारी दिनुभयो ।

जापान सरकार र नेपाल सरकारको (१२ प्रतिशत)को बजेटमा दोलखा, रामेछाप, गोरखा, धादिङ, ललितपुर, नुवाकोट, रसुवा र मकवानपुरमा सबै विद्यालयको ६६ प्रतिशत काम सम्पन्न भएको छ ।

परियोजना कार्यान्वयन एकाइ काभ्रे कार्यालयका वरिष्ठ अधिकारी निर्मल घिमेरेले आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत ललितपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट र मकवानपुरका २३६ विद्यालय नेपाल सरकार र जापानी सहयोग संस्था जाइकाको ऋण सहयोग गरी रु १४ अर्बमा र नेपाल सरकारको बजेट स्रोतमा सञ्चालन गर्दै आएकामा हालसम्म ४१ प्रतिशत विद्यालय निर्माण भएको जानकारी दिनुभयो ।

घिमिरेले काभ्रे जिल्लाकोे कूल विद्यालय सङ्ख्या ६९० रहेको, त्यसमध्ये सामुदायिक विद्यालय ५८७ र संस्थागत विद्यालय १०३ रहेको जानकारी दिँदै विनाशकारी भूकम्पले अधिकांश सामुदायिक विद्यालयका भवन पूर्ण क्षति भएको बताउनुभयो । काभ्रे जिल्लामा कक्षाकोठा सङ्ख्या पाँच हजार २१० रहेकामा पूर्णक्षति कक्षाकोठा सङ्ख्या ९५४, अधिकक्षति कक्षाकोठा सङ्ख्या ९१४, सामान्य क्षति कक्षाकोठा सङ्ख्या एक हजार ४८३ र क्षति नभएको कक्षाकोठा एक हजार ८५९ भएको जनाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नागपञ्चमी, यसरी मनाउन सुरु भयो नागपञ्चमी
आज नागपञ्चमी, यसरी मनाउन सुरु भयो नागपञ्चमी
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने
सिक्का पैसा लिन मान्दैनन् बैंकहरु– झलनाथ खनाल
सिक्का पैसा लिन मान्दैनन् बैंकहरु– झलनाथ खनाल
एमाले संगको सहकार्य छोडेर, देउवा सरकारमा जानु नै हाम्रो लागि दुर्भाग्य-कमल थापा
एमाले संगको सहकार्य छोडेर, देउवा सरकारमा जानु नै हाम्रो लागि दुर्भाग्य-कमल थापा
Câmara Aprova Projeto Que Tributa Apostas Esportivas Com Cassinos Online; Texto Vai A Sançã
काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित
काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

तपाईंले छुटाउनुभयो कि?