एमाले संगको सहकार्य छोडेर, देउवा सरकारमा जानु नै हाम्रो लागि दुर्भाग्य-कमल थापा
सारांश
- राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनमा प्राप्त नतिजा अकल्पनीय एवं अत्यन्त निराशाजनक बताएका छन्।
- निर्वाचन परिणाम पार्टीको निमित्त प्रतिकुल रहेता पनि जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरूप हार्दिकता साथ शिरोधार्य गर्ने थापाले प्रतिबद्धता जनाएका छन्।
- निर्वाचनमा पराजयका बिभिन्न कारणहरु रहेको भन्दै उनले भनेका छन्, ‘पार्टी कार्यकताको अथक प्रयासका वावजुद निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो ।
राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनमा प्राप्त नतिजा अकल्पनीय एवं अत्यन्त निराशाजनक बताएका छन्। निर्वाचन परिणाम पार्टीको निमित्त प्रतिकुल रहेता पनि जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरूप हार्दिकता साथ शिरोधार्य गर्ने थापाले प्रतिबद्धता जनाएका छन्।
निर्वाचनमा पराजयका बिभिन्न कारणहरु रहेको भन्दै उनले भनेका छन्, ‘पार्टी कार्यकताको अथक प्रयासका वावजुद निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो ।’
पार्टीको बैचारिक पक्ष एवं कार्यशैलीमा सुधार आवश्यक देखिएको भन्दै राप्रपा अध्यक्ष थापाले अब के गर्ने भन्नेमा केन्द्रिय कार्यसमितिमा छलफल गर्ने बताएका छन् । ‘संविधान जारी भएपछि भएको पहिलो निर्वाचन परिणामले मात्र राप्रपाको औचित्य, आवश्यकता र महत्व समाप्त भएको छैन र हुँदैन ।’ राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक मात्र सिट जितेको छ । अध्यक्ष थापा आफैं मकवानपुर १ मा पराजित भए । समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेन ।
थापाले ईमेज च्यानलमा अन्तर्वार्ता दिने क्रममा भनेका छन् “केपी ओलीको पार्टी छोडेर, प्रचण्ड सरकार र देउवा सरकारमा जानु नै हाम्रो लागि दुर्भाग्य” बन्न पुगेको कुरा बताएका छन् । केपी ओलीको सरकारमा हुँदा “जति राप्रपाको महत्तो थियो त्यो प्रचण्ड सरकारमा पुगेर सबै सकियो” त्यसले गर्दा हामीलाई जनताले बिश्वास गरेनन भनेर कमल थापाले आफ्नो त्यो गल्ति स्वीकार गरेका छन् ।
ओलीको पालामा मा परराष्ट्र मन्त्रि हुदा ओली सरकारलाई धेरै सहयोग गरेको थिए महत्तोपुर्ण काम पनि गरेबापत जनताले पनि रुचाएका थिए । तर सरकार बनेपिच्छे सरकारमा जानु नै दुर्भाग्य भएको हाम्रो पार्टी र मैले पनि निस्कर्स निकालेको छु । उनले ओली सरकारसंगै हामी पनि सरकार बाहिर बसेर प्रतिपक्षमा बसेको भए साएद यस्तो निरासजनक अवस्था आउने थिएन भन्दै उनि चिन्ता ब्याक्त गरेका छन् ।
प्रतिक्रिया