महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
४६ पटक हेरिएको
Shares
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र

सारांश

  • काठमाडौं ।
  • काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ ।
  • महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क सङ्कलन गर्न निषेध गरेको छ ।

काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ ।

महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क सङ्कलन गर्न निषेध गरेको छ । सो ऐन आजदेखि कार्यान्वयनमा आएको छ ।

व्यावसायिकरूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ । ऐनले सार्वजनिक सडकमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नपाइने व्यवस्था गरेको छ ।

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ । पार्किङ गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र बहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नुपर्नेछ ।

महानगरले भित्री तथा बाहिरी क्षेत्रमा सवारी पार्किङको शुल्क पनि तोकेको छ । नयाँसडक, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायत भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । यस क्षेत्रमा सवारी साधन पार्किङ गरेबापत दुईपाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म रु १५ र प्रतिघण्टा रु २५ कायम गरिएको महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिए । चारपाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म रु ५० र प्रतिघण्टा रु ८० कायम गरिएको छ ।

सो स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रका अन्य ठाउँलाई क्षेत्र नं २ मानिएको छ । यी क्षेत्रमा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गरेबापत प्रतिघण्टा रु १५, चारपाङ्ग्रेका रु ४० र चारपाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रतिघण्टा रु एक सय कायम गरिएको छ । 

अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनलाई पार्किङ शुल्क लाग्ने छैन । यस्तै आपत्कालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निःशुल्क पार्किङको व्यवस्था हुने महानगरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
चरेससहित ठूलो मात्रामा लागुऔषध बरामद
चरेससहित ठूलो मात्रामा लागुऔषध बरामद
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
राष्ट्रपतिसमक्ष ​मानवअधिकार आयोगद्वारा प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष ​मानवअधिकार आयोगद्वारा प्रतिवेदन पेश
प्रदेश ५ मा बुद्धको नाम राख्न दलहरू सहमत
प्रदेश ५ मा बुद्धको नाम राख्न दलहरू सहमत
गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह
गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह
अर्थमन्त्री डा  खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
अर्थमन्त्री डा खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी