हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

सारांश

  • डोल्पा,२४ माघ ।
  • हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ ।
  • हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

डोल्पा,२४ माघ । हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ ।हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

“यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन आउन विद्यार्थीको सङ्ख्या अत्यधिक घटेको छ,” जनप्रभा मावि लिकुका शिक्षक दीपक पराजुलीले भन्नुभयो । “बिहानैदेखि हिमपात हुन थालेपछि विद्यालय चौरमा बाक्लो हिँउ जमेको छ, चिसोका कारण कोठाबाट बाहिर निक्लन पनि मुस्किल परेकाले आजको तयारी कक्षासमेत प्रभावित हुने पक्का भएको छ ।”

जिल्लाका जनप्रभा मावि लिकु, त्रिपुराकोट मावि मद्यु, आदर्श मावि जुफाल, सरस्वती मावि दुनै लगायतका आधा दर्जन विद्यालयमा एसइई तयारी कक्षा सञ्चालन भइरहेको छ । हिमपातका कारण बढेको चिसोले कोठामै बसेर पढन सकिने भए पनि हात बाहिर झिकेर लेख्न गाह्रो हुने जनप्रभा माविमा एसइई तयारी कक्षा लिइरहेकी छात्रा सरीता देवकोटाले बताउनुभयो । कोठा बाहिरै बाक्लो हिउँ जमेकाले शौचालय जानसमेत समस्या हुने गरेको छ भने खाना पकाउन भान्सामा जानसमेत गाह्रो भएको उहाँको भनाइ छ ।

यसअघि तेस्रो पटकसम्म परेको हिँउ बिलाउन नपाउँदै पुनः हिमपात शुरु भएपछि डोल्पालीको जनजीवन थप कष्टकर बनेको छ भने पशुवस्तुलाई घाँसपात गर्नसमेत समस्या भएको छ ।

विमानस्थल बन्द

बिहानदेखि शुरु भएको हिमपातका कारण जुफाल विमानस्थलमा बाक्लो हिँउ जमेको छ । जहाज अवतरण गर्ने हवाई मार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल आज अवरुद्ध भएको हो ।

हिमपातका कारण नेपालगञ्जदेखि हुने कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार शर्माले बताउनुभयो ।

जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । बिहानदेखि शुरु भएको हिमपात बेलुकीसम्म जारी रहे दुई–तीन दिनसम्म जुफाल विमानस्थल अवरुद्ध हुने सम्भावना रहेको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ ।

यसैगरी कर्णालीका जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा समेत बिहानैदेखि हिमपात शुरु भएपछि त्यहाँका विमानस्थलहरुसमेत अवरुद्ध भएका छन् भने जनजीवन कष्टकर बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमनिर्वाचन-२०७९ : धनुषा-४ मा त्रिपक्षीय प्रतिस्पर्धा
आमनिर्वाचन-२०७९ : धनुषा-४ मा त्रिपक्षीय प्रतिस्पर्धा
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
ANS President Meets Senator Warner, requests to help Nepal
ANS President Meets Senator Warner, requests to help Nepal
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी ,कल्याण श्रेष्ठको सबैभन्दा महंगो
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी ,कल्याण श्रेष्ठको सबैभन्दा महंगो
तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने
तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने
१० लाख मुसलमान बन्दी रहेको चीनको त्यो जेल
१० लाख मुसलमान बन्दी रहेको चीनको त्यो जेल
जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !
जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !
‘बिसु’ मनाउन सुदूरपश्चिमेली घर फर्किँदै
‘बिसु’ मनाउन सुदूरपश्चिमेली घर फर्किँदै
मन्त्री अधिकारीसहित सातै जनाको शव लिएर हेलिकप्टर उड्यो
मन्त्री अधिकारीसहित सातै जनाको शव लिएर हेलिकप्टर उड्यो

तपाईंले छुटाउनुभयो कि?