एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ

सारांश

  • बाजुरा, असार १६ – बाजुराको गहुमुल गाउँपालिकाका सबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
  • ६ वटा वडा रहेको गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य गरी ३२ वटै पदमा एमाले उम्मेदवार विजयी भएका हुन ।
  • अध्यक्षमा एमालेका हरि रोकाया २२४० मत ल्याएर विजयी हुनु भएको हो ।

बाजुरा, असार १६ – बाजुराको गहुमुल गाउँपालिकाका सबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ६ वटा वडा रहेको गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य गरी ३२ वटै पदमा एमाले उम्मेदवार विजयी भएका हुन ।

अध्यक्षमा एमालेका हरि रोकाया २२४० मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवबहादुर रोकायाले १५४१ मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा एमालेकै सीता थापा २२०१ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी उमा रोकायाले १५५५ मत ल्याउनु भयो ।

अहिलेसम्म ९ ओटा स्थानीय तहमध्ये गहुमुल र पाण्डवगुफा गाउँपालिकामा एमाले विजयी भएको हो । यस्तै छेडेदह गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?