हिमालयन र केसिटीसी फाईनलमा
सारांश
- नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको टुडिखेलमा संचालन भैरहेको प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलबाट हिमालयन र केसिटीसी फाईनलमा प्रबेश गरेको छ ।
- ओमेगा कलेज र केसिटीसी बीच आज सम्पन्न भएको पहिलो सेमीफाईनल खेलमा ओमेगा कलेज लाई ६६ रनले पराजीत गर्दै केसिटीसी फाईनलमा प्रबेश गरेको छ ।
- ओमेगा कलेजले टस जितेर फिल्डिङ रोज्दा ब्यटिङ गर्ने निम्तो पाएको केसिटीसीले निर्धारित २० ओभर खेल्दै ९ वीकेटको क्षेतीमा १३१ रन बनाएकोे थियो ।
नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको टुडिखेलमा संचालन भैरहेको प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलबाट हिमालयन र केसिटीसी फाईनलमा प्रबेश गरेको छ ।
ओमेगा कलेज र केसिटीसी बीच आज सम्पन्न भएको पहिलो सेमीफाईनल खेलमा ओमेगा कलेज लाई ६६ रनले पराजीत गर्दै केसिटीसी फाईनलमा प्रबेश गरेको छ । ओमेगा कलेजले टस जितेर फिल्डिङ रोज्दा ब्यटिङ गर्ने निम्तो पाएको केसिटीसीले निर्धारित २० ओभर खेल्दै ९ वीकेटको क्षेतीमा १३१ रन बनाएकोे थियो । केसिटीसीका दुर्गेश थापाले ३९ बल खेल्दै ५ चोका को मद्दतले सर्बाधिक ४१ रन बनाउन सफल भएका थिए भने आदिल खानले बिस्पोटक ब्याटिङ गर्दै १९ बलमा एक छक्का र एक चौका को मद्दतले ३९ रन बनाए पछि केसिटीसी बिशाल स्कोर बनाउन सफल भयो । बलिङ तर्फ ओमेगा का सानुबाबु शाह र सुबिन सिंह ठकुरीले समान २÷२ वीकेट लिएका थिए । जवाफी ब्यटिङ मा उत्रेको ओमेगा कलेजले १७.४ ओभरमा अलआउट भई ६६ रनमा समेटिदा ६६ रनले खेल गुमाएको थियो । ओमेगा का कुश मण्डलले मात्र १५ रन बनाए । त्यस्तै बलिङ तर्फ म्यान अफ द म्याच घोषित केसिटीसीका प्रनित थापा ४ ओभरमा ३ मेडन राख्दै ४ रन दिएर ४ वीकेट लिएका थिए । त्यस्तै प्रतिक कान्तले ४ ओभरमा २ मेडन राख्दै ५ रन दिएर २ वीकेट लिएका थिए भने बिपिन आचार्य र शुर्य लामाले समान २÷२ वीकेट लिदा ओमेगा धराशायी बनेको थियो ।

आजै सम्पन्न दोस्रो खेल वाई वाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी लाई ६ वीकेटले पराजीत गर्दै हिमालयन क्रिकेट एकेडेमी फाईनलमा प्रबेश गरेको छ । वाई वाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी ले टस जितेर ब्यटिङ गर्दैे निर्धारित २० ओभर खेल्दै ७ वीकेटको क्षेतीमा ८७ रन बनाएकोे थियो । जिएचसीए का अभिशेक बस्नेतले २४ बल खेल्दै १ छक्का को मद्दतले सर्बाधिक २५ रन बनाउन सफल भएका थिए । बलिङ तर्फ हिमालयन क्रिकेट एकेडेमी का म्यान अफ द म्याच घोषित पबन कार्कीले ३ वीकेट लिएका थिए भने अरुण ऐरीले २ वीकेट लिएका थिए । ८८ रनको झिनो लक्ष्य पछ्रयाउदै जवाफी ब्यटिङ मा उत्रेको हिमालयन क्रिकेट एकेडेमी ले १६.३ ओभरमा ४ वीकेट गुमाउदै ९१ रन बनाएको थियो । दिएर २ वीकेट लिएका थिए भने बिपिन आचार्य र शुर्य लामाले समान २÷२ वीकेट लिदा ओमेगा धराशायी बनेको थियो ।
उक्त प्रतियोगीताको फाईनल भोली सनिबार ११ बजे टुडिखेल मा सुचना तथा सञ्चार राज्य मन्त्री तप्त बहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न हुने प्रतियोगीताका आयुक्त प्रबल गौतमले जनाएका छन । बिजयी टिमले ५०,०००÷ नगद तथा ट्रफी र मेडल एबं दोस्रो हुने टिमले २५,०००÷ नगद तथा ट्रफी र मेडल प्राप्त गर्ने छन ।
प्रतिक्रिया