आज पुष ४ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
आज पुष  ४ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन

सारांश

  • लागूऔषध तथा भरुवा बन्दुक सहित पक्राउ मकवानपुर, मनहरी गाउँपालिका–६ रुपाचुरी बस्ने ४२ बर्षीय सेतीलाल थिङलाई प्रहरीले अवैध लागूऔषध गाँजा १ सय किलो र १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
  • ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार थिङको घर तलासी गर्दा उक्त गाँजा र भरुवा बन्दुक बरामद भएको थियो ।
  • यसैगरी सोही जिल्लाको मकवानपुरगढी गाउँपालिका–४ मनकामना बस्ने ६३ वर्षीय राम बहादुर गोलेलाई प्रहरीले सोमबार जंगलमा शिकार खेल्नको लागि भरुवा बन्दुक बोकी हिंडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ ।

लागूऔषध तथा भरुवा बन्दुक सहित पक्राउ
मकवानपुर, मनहरी गाउँपालिका–६ रुपाचुरी बस्ने ४२ बर्षीय सेतीलाल थिङलाई प्रहरीले अवैध लागूऔषध गाँजा १ सय किलो र १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार थिङको घर तलासी गर्दा उक्त गाँजा र भरुवा बन्दुक बरामद भएको थियो ।
यसैगरी सोही जिल्लाको मकवानपुरगढी गाउँपालिका–४ मनकामना बस्ने ६३ वर्षीय राम बहादुर गोलेलाई प्रहरीले सोमबार जंगलमा शिकार खेल्नको लागि भरुवा बन्दुक बोकी हिंडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ ।यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवा तास खेल्ने पक्राउ

काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित संजय श्रेष्ठको घरमा जुवा–तास खेलिरहेका ८ जनालाई प्रहरीले सोमबार नगद २ लाख २४ हजार ४ सय ५ रुपैयाँ र १४ बुक तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिबादी पक्राउ
काठमाडौँ,  वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ कात्तिक ३० गतेको फैसलाले २ वर्ष  कैद र २ लाख रुपैयाँ जरीवाना भई फरार रहेका जिल्ला लम्जुङ तान्द्रङटाक्सार–३ बस्ने ४४ बर्षीय हरि बहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालय  केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरी टोलीले पक्राउ गरेको छ ।
प्रहरीले पाण्डेलाई सोमबार काठमाडौँ बाँसबारीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडाँै जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ ।
प्रतिवादी  हरि बहादुर पाण्डे समेतले वेल्कम इन्टरनेशनल एजुकेशन फाउण्डेसन प्रा.लि नामको  कम्पनी खोली वैदेशिक रोजगारीमा पठाउने ईजाजत पत्र नलिई, पिडितहरुलाई वैदेशिक रोजगारीको लागि पपुवा न्यूगिनी पठाई दिने भनि बिभिन्न मितिमा गरि जम्मा २७ लाख ४५ हजार रुपैयाँ लिई भने बमोजिमको मुलुकमा नपठाई लिएको रकम समेत फिर्ता नगरी फरार भएका थिए ।
क्रमशः
कतारबाट आएका यात्रुसंग सुन संकलन गर्ने पक्राउ
काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका बाराको निजगढ नगरपालिका घर भई भक्तपुरको लोकन्थली बस्ने २९ बर्षीय बिष्णु पण्डितलाई प्रहरीले सोमबार ५ थान सुनको बाला गरी जम्मा २४९.५० ग्राम सुन सहित पक्राउ गरेको छ । पण्डितलाई प्रहरीले आवश्यक कारवाहीको लागि भंसार कार्यालय सिनामंगलमा पठाएको छ ।

सवारी दुर्घटनामा मृत्यु

झापा
मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको एनएल०५डि ४०१३ नम्बरको ट्रकले सोमबार मे.२ प १७८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका बस्ने १८ बर्षीय मनोज भुजेलको घटनास्थलमै मृत्यृ भएको छ । ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।
चितवन
भरतपुर महानगरपालिका–१५ स्थित भित्रि सडक खण्डमा सोमबार ना.४ ख ९६९६ नम्बरको बसले साइकलयात्री सोही ठाउँ बस्ने २५ बर्षीय राजिन भुजेललाई ठक्कर दिंदा गम्भीर घाइते भएकोले उपचारको लागी नयाँ मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी
बर्दघाट नगरपालिका–४ स्थित महेन्द्र राजमार्गमा ना.७ ख १८५४ नम्बरको बसले गएराति नाम, थर, वतन नखुलेको अन्दाजी २२ बर्षीय पैदलयात्रीलाई ठक्कर दिंदा गम्भीर घाइते भएकोले उपचारको लागि पृथ्वी चन्द्र अस्पताल परासी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृत अवस्थामा फेला

तनहुँ
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा स्थित भिरमा सोमबार नाम, थर, वतन नखुलेका अंदाजी ४० बर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।
पर्सा
बिरगंज महानगरपालिका–५ विर्ता स्थित गणेशमान चोकमा रहेको अजय पटेलको रिक्सा ग्यारेजमा सोमबार भारत घर भई उक्त रिक्सा ग्यारेजको रिक्सा चालकको काम गर्ने ५० बर्षीय  मिश्रा नाम गरेको पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी
देवचुली नगरपालिका–१३ दलदले चोक स्थित महेन्द्र राजमार्गमा युपी२१एन ९०६० नम्बरको  ट्रक बिग्रिए पछि चालकले सहचालक भारत बिजनोर कसमपुरगढी बस्ने ४० बर्षीय इकरार खानलाई चिया खान भनि उठाउँदा खान मृत अवस्थामा फेला परेका थिए । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 उपचारको क्रममा कैदीको मृत्यु
काठमाडौँ,  केन्द्रीय कारागारमा २०७३ जेठ २२ गते देखी लागूऔषध मुद्धामा कैद सजाय भुक्तान गरी रहेका कैदी काठमाडाँै भिमसेनस्थान घर भएका  ५० बर्षीय रत्न बहादुर के.सी. लामो समयदेखि बिरामी रहेकोमा उपचारको क्रममा वीर अस्पतालमा सोमबार मृत्यु भएको छ ।

आगलागीबाट क्षति
रौतहट,ईशनाथ नगरपालिका–५ जटहरा बस्ने राजकुमार साहको फुसको घरमा सोमबार आगलागी हुँदा नगद भारतीय रुपैयाँ ५० हजार सहित करीव ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुक्क पेट घटाउने यस्ता छन् १० घरेलु उपाय
पुक्क पेट घटाउने यस्ता छन् १० घरेलु उपाय
ट्राफिक प्रहरी नायव निरीक्षक  अख्तियारकाे फन्दामा
ट्राफिक प्रहरी नायव निरीक्षक अख्तियारकाे फन्दामा
चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?
चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?
मुख खोले प्रचण्डले, भने, डा. केसीका माग जायज
मुख खोले प्रचण्डले, भने, डा. केसीका माग जायज
सुन्दरता बन्यो महिलाको शत्रु, न कोही बोल्छन् न कसैले मित्रता गर्छन्
सुन्दरता बन्यो महिलाको शत्रु, न कोही बोल्छन् न कसैले मित्रता गर्छन्
अख्तियारकै आयुक्त पाठकले घुस लिएको भिडियो आएपछि…
अख्तियारकै आयुक्त पाठकले घुस लिएको भिडियो आएपछि…
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
मोदी नेपाल आउँदै, राजदुत पुरी जनकपुरमा
मोदी नेपाल आउँदै, राजदुत पुरी जनकपुरमा
प्रचण्ड र माधव नेपाल अाेलीकाे विकल्प हाेइनन् : सिपी गजुरेल
प्रचण्ड र माधव नेपाल अाेलीकाे विकल्प हाेइनन् : सिपी गजुरेल

तपाईंले छुटाउनुभयो कि?