जुँगा पालेबापत मासिक तलब बुझ्दै कालीबहादुर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • बालाराम खड्का, १० जेठ – सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र रु तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जँुगा पालेर नै मासिक रुपमा पैसा कमाउँदै आउनुभएको छ ।
  • घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आउनुभएको छ ।
  • दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक रु २५० प्रदान गर्दै आउनुभएकोछ ।

बालाराम खड्का, १० जेठ – सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र रु तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जँुगा पालेर नै मासिक रुपमा पैसा कमाउँदै आउनुभएको छ ।

घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आउनुभएको छ । दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक रु २५० प्रदान गर्दै आउनुभएकोछ ।

“म पेशाले निर्माण व्यवसायी हँु, कामको सिलसिलामा बैंकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो”, भण्डारीले भन्नुभयो । नागबेली आकारको उनको काला जुंगा देखेपछि मैले खुशीले उनलाई प्रोत्साहनस्वरुप पैसा दिने निर्णय गरेको हुँ ।” २०६२ सालदेखि आफूले नियमित रुपमा जुंगा पालेबापत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताउनुभयो ।

“शुरुमा उहाँले रु ५० बाट शुरु गर्नु भएको हो, अहिले रु २५० मासिक उपलब्ध गराउँदै आउनुभएको छ,” बुढाथोकीले भन्नुभयो । जुंगालाई मन पराइदिएर पैसा दिँदा आफूलाई पनि खुशी लागेको समेत उहाँले बताउनुभयो । जुंगा पालेर प्राप्त गरेको पैसा जुंगा संरक्षणमा नै खर्च गर्ने गरेको समेत उहाँले बताउनुभयो ।

बुढाथोकी अवकाशप्राप्त नेपाली सैनिक हुनुहुन्छ । उहाँले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक रु १०० जुंगाको तलब खाने गरेको बताउनुभयो । “म नेपाली सेनामा हवल्दार हँुदा मलाई मेरो गुल्मका क्याप्टेन समिर रानाले पनि मासिक रु १०० जुंगा पालेबापत पैसा दिँदै आउनुभएको थियो,” उहाँले भन्नुभयो ।

अहिले बैंकको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफू बाँच्दासम्म प्रत्येक वर्ष थोरै भएपनि वृद्धि गर्दै जुंगाको लागि पैसा दिइरहने बताउनुभयो । भण्डारीले बुधबार बुढाथोकीलाई बैंकमा नै भेटेर एकमुष्ट रु पाँच हजार प्रदान गर्नुभएको थियो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइक्रो, बस चढ्दा चनाखो रहनुस्, चोरको बिगबिगी
माइक्रो, बस चढ्दा चनाखो रहनुस्, चोरको बिगबिगी
वर्षाका कारण बाटो अवरुद्ध
रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु
रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु
८ महिने शिशु बलात्कृत, यौनाङ्गमा चोट
८ महिने शिशु बलात्कृत, यौनाङ्गमा चोट
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
कालिमाटिमा तरकारिकाे मुल्य बढ्नुकाे रहस्य यस्ताे
कालिमाटिमा तरकारिकाे मुल्य बढ्नुकाे रहस्य यस्ताे
भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्रीः ‘मान्यज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’
भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्रीः ‘मान्यज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित