प्रधानमन्त्रीको भारत भ्रमणमा ओलीले उठाए प्रश्न

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १८, २०७८
|
|
४१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भारत भ्रमणमा ओलीले उठाए प्रश्न

सारांश

  • काठमाडौं, १८ चैत्र ।
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् ।
  • चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए ।
अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने,‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’

आफुले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिए । उनले युवाहरूलाई आफूभन्दा बढि सक्रिय हुनुपर्ने सुझाव द्यिए । उनले भने,‘एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ।’

उनले एमालेले कहिल्यैपनि हार्न नजानेको दाबी गरे । उनले भने,‘एमालेले हार्न कहिल्यै जानेको छैन । हाम्रो हरुवा बानी होइन् । हामी जितेर देश बनाउँछौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?