पाँच राज्यमा पराजित भएपछि बिजेपीले निकाल्यो यस्तो निष्कर्ष

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
पाँच राज्यमा पराजित भएपछि बिजेपीले निकाल्यो यस्तो निष्कर्ष

सारांश

  • बीबीसी।
  • मध्य प्रदेश, छ्रत्तीसगढ र राजस्थानमा व्यहोरेको पराजयपछि प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहको जोडीको जादू चल्न छोडेको छ।
  • यी राज्यमा भएको विधानसभा निर्वाचनपछि आम आदमी पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक ट्विट गर्दै विजेपीको उल्टो गन्ती सुरु भएको बताए।

बीबीसी। मध्य प्रदेश, छ्रत्तीसगढ र राजस्थानमा व्यहोरेको पराजयपछि प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहको जोडीको जादू चल्न छोडेको छ। यी राज्यमा भएको विधानसभा निर्वाचनपछि आम आदमी पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक ट्विट गर्दै विजेपीको उल्टो गन्ती सुरु भएको बताए। तर अर्को पनि समाचार के छ भने राजस्थान छत्तीसगढ र मध्यप्रदेशमा सत्ताबाट बाहिरिएपछि पनि पार्टीभित्र खैलाबैला मच्चिएको छैन। पार्टीका ठूला नेता बसेर यो नतिजाका विषयमा गम्भीर समीक्षा गर्दैछन्।

त्यसो भए के २०१९ को आम निर्वाचनमा पार्टीको नीति र रणनीतिमा केही परिवर्तन हुन्छ? के पार्टीका ठूला दुई स्तम्भ नरेन्द्र मोदी र अमित शाहले पार्टीलाई नयाँ बाटो देखाउँछन्? स्रोतका अनुसार समीक्षा बैठकपछि आगामी कदमका विषयमा ठोस निर्णय लिइनेछ। स्रोतले दिएको जानकारी अनुसार बैठकले केही निष्कर्ष पनि निकालेको छ। ती निष्कर्ष निम्नानुसार छन्। राजस्थान र मध्यप्रदेशका धेरै सिटमा भाजका उम्मेद्वार निकै कम भोटले मात्र हारेका छन्। यो नतिजाको विश्लेषण गरिने भएको छ। यसैगरी मतदाता, विषेश गरी युवा मतदाताले चरम हिन्दुत्व विचारधारालाई मन पराएनन्। योगी आदित्यनाथको भाषणलाई आम हिन्दुहरुले मन पराएनन् जसका कारण ती सिटमा नराम्रोसँग पराजय व्यहोर्नु पर्यो। जहाँ आदित्यनागले भाषण गरेका थिए त्यहाँ भाजपाको नराम्रोसँग हार भएको छ। तर हिन्दुसँग जोडिएको आस्थाको विषय पार्टीले आगामी दिनमा पनि जनता समक्ष आफ्नो दृष्टिकोण राख्ने भएको छ।

यसैगरी टिकट वितरणमा पनि केही गल्ती भएको छ, जुन गल्तीलाई २०१९ को चुनावमा दोहोर्याइने छैन। पार्टी २०१९ को आम चुनावमा मोदी सरकारको उपलब्धीका बारेमा जनसमक्ष स्पष्ट गरिकाले राख्ने र आगामी दिनमा हिन्दुत्वमा नभएर विकास निर्माणका केन्द्रित हुने निष्कर्ष निकालेको छ।
भाजपाले २१४ को चुनाव विकास, रोजगार र भ्रष्टाचारको मुद्दाका आधारमा लडेको थियो। सरकारले कयौं योजना लागू पनि गरेको छ, तर यसले आम मानिसको जीवनमा कति प्रभाव पर्यो भन्ने मुख्य कुरा हो। राजनीतिक विश्लेषक प्रदीप सिंह भन्छन्–कयौं केन्द्रीय योजना जस्तै उज्वला, शौचालय, प्रधानमन्त्री आवास योजना, मुद्रा बिजुली कलेक्शनलगायतको प्रभाव त परिरहेको छ। तर समाजको तल्लो वर्गको आम्दानी बढिरहेको छैन।’

पाँच राज्यको चुनावी परिणामले समाजलाई विभाजित गर्ने मुद्दालाई मानिसले मन नपाराएको कुरा भाजपाले बुझेको हुनुपर्छ। त्यही कारण योगी आदित्यनाथको भूमिका कटौती हुन सक्छ। उनलाई पार्टीका मुख्य प्रचारक बनाउने मुख्य कारण के थियो भने गुजरात र कर्नाटकको विधानसभा चुनावमा उनले प्रचार गर्दा पार्टीलाई लाभ भएको थियो। तर पाँच राज्यको चुनाव प्रचारका क्रममा योगी आदित्यनाथले आवश्यक भन्दा धेरै समाज विभाजित हुने भाषण दिएको भाजपाले निष्कर्ष निकालेको छ। राजनीतिक विश्लेषक प्रदीपक कौशलका अनुसार कांग्रेसले चुनावमा किसानले लिएको ऋण मिनाहा गर्ने प्रतिबद्धता जनाएको थियो। अब कांग्रेसले यो प्रतिबद्धता पूरा गरेन भने भाजपाले अर्को मुद्दा उठाउँछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
गणेश शाही निर्देशित रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो)
गणेश शाही निर्देशित रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो)
काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!
काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!
बामदेवको आक्रोश ! छ त  पार्टी नै फुटाउने संभावना ?
बामदेवको आक्रोश ! छ त पार्टी नै फुटाउने संभावना ?
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
आफुमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की
आफुमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की
बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन
बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन
पूर्व राजा ज्ञानेन्द्रको तराई भ्रमण तालिका यस्तो छ
पूर्व राजा ज्ञानेन्द्रको तराई भ्रमण तालिका यस्तो छ
कमल थापाको घोषणा : ‘म यो गीता हातमा राखेर भन्छु, राप्रपा फुट्दैन्’
कमल थापाको घोषणा : ‘म यो गीता हातमा राखेर भन्छु, राप्रपा फुट्दैन्’

तपाईंले छुटाउनुभयो कि?