हिरासतमै पुगेर मानव अधिकारकर्मीले भेटे विप्लवका कार्यकर्ता
सारांश
- रोल्पा, मंसिर १ — मानव अधिकारकर्मीको एक टोलीले पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकताहरुसँग भेट गरेका छन् ।
- इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानवअधिकार संगठनका महासचिव महामुनिश्वर आचार्य, इन्सेक मध्यपश्चिम क्षेत्रीय संयोजक भोला महतलगायतका मानव अधिकारकर्मीहरुको टोलीले शुक्रबार जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासत कक्षमा पुगी पक्राउ परेका नेताहरुसँग भेट गरेका हुन् ।
- भेटका क्रममा इन्सेक अध्यक्ष प्याकुरेलले चुनाव विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज दलबहादुर खत्री (जागृती) र सेक्रेटरी सन्तोष सुवेदी (प्रयास) लाई पक्राउ पूर्जी दिए नदिएको, अदालतबाट म्याद थप गरे नगरेको बारे जानकारी लिनुभएको थियो ।
रोल्पा, मंसिर १ — मानव अधिकारकर्मीको एक टोलीले पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकताहरुसँग भेट गरेका छन् ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानवअधिकार संगठनका महासचिव महामुनिश्वर आचार्य, इन्सेक मध्यपश्चिम क्षेत्रीय संयोजक भोला महतलगायतका मानव अधिकारकर्मीहरुको टोलीले शुक्रबार जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासत कक्षमा पुगी पक्राउ परेका नेताहरुसँग भेट गरेका हुन् ।
भेटका क्रममा इन्सेक अध्यक्ष प्याकुरेलले चुनाव विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज दलबहादुर खत्री (जागृती) र सेक्रेटरी सन्तोष सुवेदी (प्रयास) लाई पक्राउ पूर्जी दिए नदिएको, अदालतबाट म्याद थप गरे नगरेको बारे जानकारी लिनुभएको थियो । भेटकै क्रममा नेकपाका नेताहरुले स्वतन्त्र पूर्वक चुनावमा सहभागी नहुने बताएकै कारण पक्राउ परेको बताएका थिए । साथै आफूहरुको नाममा तेस्रो समूहले बम विष्फोटनका घटनाहरु गराएको सेक्रेटरी सुवेदीले बताउनुभयो ।
प्रतिक्रिया