गरिबलाई न्याय हुने भवन निर्माणमा नयाँ अवधारणा ल्याइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
गरिबलाई न्याय हुने भवन निर्माणमा नयाँ अवधारणा ल्याइने

सारांश

  • जनकपुरधाम, १३ भदौ ।
  • शहरी विकासमन्त्री प्रभु साहले आयोजनाको ठेक्का लिई भाग्ने र लुक्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउने कार्यमा सबैको सहयोगको खाँचो औँल्याउनुभएको छ ।
  • मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित रुग्ण आयोजनासम्बन्धी छलफल कार्यक्रममा उहाँले आयोजनालाई पारदर्शी नबनाइएका कारण पनि बिचौलियाले मौलाउने अवसर पाएको उल्लेख गर्नुभयो ।

जनकपुरधाम, १३ भदौ । शहरी विकासमन्त्री प्रभु साहले आयोजनाको ठेक्का लिई भाग्ने र लुक्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउने कार्यमा सबैको सहयोगको खाँचो औँल्याउनुभएको छ ।

मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित रुग्ण आयोजनासम्बन्धी छलफल कार्यक्रममा उहाँले आयोजनालाई पारदर्शी नबनाइएका कारण पनि बिचौलियाले मौलाउने अवसर पाएको उल्लेख गर्नुभयो ।

मन्त्री साहले आयोजनालाई रुग्ण पार्नेमा ठेकेदार, डिभिजन, मन्त्रालय र विभागका कर्मचारीसमेतको संलग्नता देखिएकाले यसको सही उपचारको आवश्यकता छ भन्दै गैरजिम्मेवार सबैलाई कारबाही गर्नु जरुरी रहेको धारणा राख्नुभयो ।
जनकपुरका आयोजनामा समन्वयको अभाव देखिएको बताउँदै उहाँले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका कतिपय भवन अन्यायपूर्ण ढङ्गले निर्माण गरिएकाले गरिबलाई न्याय हुने भवन निर्माणतर्फ नयाँ अवधारणा कार्यान्वयन गर्ने गृहकार्य भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट
अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
फेरि नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै
फेरि नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
जेठ ४ गते आइतबारको राशिफल यस्तो छ
जेठ ४ गते आइतबारको राशिफल यस्तो छ
७७ हजारमा भैँसी बेचेर मेयरमा उम्मेदवारी
७७ हजारमा भैँसी बेचेर मेयरमा उम्मेदवारी
सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना
सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना
१० दिनमा ७ घन्टा बैठक बसेर राष्ट्रिय सभाको अधिवेशन अन्त्य
१० दिनमा ७ घन्टा बैठक बसेर राष्ट्रिय सभाको अधिवेशन अन्त्य
रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा एकाउन्न जनाको मृत्यु
रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा एकाउन्न जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?