आजको प्रतिनिधिसभामा दुई विधेयक टेबुल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
२२ पटक हेरिएको
Shares
आजको प्रतिनिधिसभामा दुई विधेयक टेबुल

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ ।
  • प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन् ।

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन् ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन (२०७८ साउन– २०७९ आसार) पेस गरे ।

यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरे । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २४ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?