हुम्लाको ताँजकोटमा आँखा शिविर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
२९ पटक हेरिएको
Shares
हुम्लाको ताँजकोटमा आँखा शिविर

सारांश

  • सिमकोट ।
  • हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
  • उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो । आँखा शिविरबाट चार सय ७८ बिरामीले सेवा प्राप्त गरेका गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले जानकारी दिए । सेवा लिनेमा दुई सय ६१ पुरुष र दुई सय सात महिला छन् ।

उपचार गर्न आएका एक सय ९० जनालाई चश्मासमेत निःशुल्क वितरण गरिएको छ । यसअघि आँखाका बिरामीले उपचारका लागि तीन–चार दिन हिँडेर सदरमुकाम सिमकोट जानुपर्ने बाध्यता थियो । गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार शिविरमा ११ चिकित्सकले बिरामीको जाँच गरेका थिए । नेपाल नेत्रज्योति सङ्घको आर्थिक, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा ताँजकोट गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने
राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने
साउन २३ गते शुक्रवारको राशिफल यस्तो छ
साउन २३ गते शुक्रवारको राशिफल यस्तो छ
Protected An Connection To Your Spouse
हामीलाई मन्त्रीको काम चित्त बुझेन भने तुरुन्त फेर्छौं:  विष्णु रिमाल
हामीलाई मन्त्रीको काम चित्त बुझेन भने तुरुन्त फेर्छौं: विष्णु रिमाल
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
किन च्यातिन् उनले संसद वैठकमै नियमावली !
किन च्यातिन् उनले संसद वैठकमै नियमावली !
आज ४१८ कोरोना संक्रमित थपिए
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
डोल्पा असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने
डोल्पा असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने
आत्मालोचना सहितको नेकपाको सचिवालय बैठकका महत्वपुर्ण निर्णय यस्ता छन्
आत्मालोचना सहितको नेकपाको सचिवालय बैठकका महत्वपुर्ण निर्णय यस्ता छन्

तपाईंले छुटाउनुभयो कि?