आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
४४ पटक हेरिएको
Shares
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग

सारांश

  • काठमाडौ : मुलुककी प्रथम महिला (फस्ट लेडी) आरजु राणा देउवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग गर्नु भएको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरजुले देउवालाई ज्ञापनपत्र बुझाएर मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताको माग गर्नु भएको हो ।
  • प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्यमा हुनुहुन्छ ।

काठमाडौ : मुलुककी प्रथम महिला (फस्ट लेडी) आरजु राणा देउवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग गर्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरजुले देउवालाई ज्ञापनपत्र बुझाएर मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताको माग गर्नु भएको हो । प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्यमा हुनुहुन्छ ।

महिला सांसद समन्वय समितिमा आबद्ध आरजुसहितका महिला सांसदले आइतवार प्रधानमन्त्री देउवासँग भेटी मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने मागसमेत गर्नुभएको सांसद रेखा शर्माले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले महिला सांसदले राखेका मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै ती माग पूरा गर्न सक्दो प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेटमा सांसद आरजु देउवासहित सीता नेपाली, रेखा शर्मा,कुन्ती शाही, ईश्वरी न्यौपाने र सीता गुरुङ हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा
प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा गाँजा र अफिम खेती नष्ट
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा गाँजा र अफिम खेती नष्ट
बुढानिलकण्ठ नगर विकासमा उद्धव खरेलको यस्तो सपना
बुढानिलकण्ठ नगर विकासमा उद्धव खरेलको यस्तो सपना
विराटनगर,इटहरी,धरानमा कांगेसको अग्रता कायमै (हेर्नुहोस् पछिल्लो अपडेट)
विराटनगर,इटहरी,धरानमा कांगेसको अग्रता कायमै (हेर्नुहोस् पछिल्लो अपडेट)
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने निगम घट्दा महिनौ दिन देखि चुपचाप
तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने निगम घट्दा महिनौ दिन देखि चुपचाप
विदा स्विकृत नगरी क्यानडा हिडेका उपकुलपति कोइराला एयरपोर्टबाट फर्काइए
विदा स्विकृत नगरी क्यानडा हिडेका उपकुलपति कोइराला एयरपोर्टबाट फर्काइए
जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु
जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु
पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान
पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान