किन च्यातिन् उनले संसद वैठकमै नियमावली !
सारांश
- काठमाडौं ।
- प्रतिनिधिसभाको वैठकमा एक महिला सांसदले नियमावली च्यातेर विरोध गरेकी छिन् ।
- स्थानीय तहमा जाने बजेट खर्चमा प्रत्यक्ष र निर्वाचित सांसदलाई विभेद गरिएको भन्दै उनले नियमावली च्यातेकी हुन् ।
काठमाडौं । प्रतिनिधिसभाको वैठकमा एक महिला सांसदले नियमावली च्यातेर विरोध गरेकी छिन् । स्थानीय तहमा जाने बजेट खर्चमा प्रत्यक्ष र निर्वाचित सांसदलाई विभेद गरिएको भन्दै उनले नियमावली च्यातेकी हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रहेकी उमा रेग्मीले स्थानीय पूर्वाधार विकास साझेदारी कायक्रम नियमावली २०७५ राजपत्रलाई संसद वैठकमै च्यातेकी हुन् ।
उनी कांग्रेसको तर्फबाट चितवनबाट समानुपातिक तर्फकी सांसद हुन् । गाउँपालिका, नगरपालिकामा जाने बजेटमा निवाचित सांसद र समानुपातिक सांसदलाई छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ ।
रेग्मीले नियमावली च्यात्दै बजेटमा विवाद भएमा प्रत्यक्ष निर्वाचित सांसदको निर्णय अन्तिम हुने व्यवस्थामा विभेद भएको बताइन्। प्रत्यक्ष सांसदलाई मात्रै धेरै अधिकार दिइएको भन्दै उनले नियमावली च्यातेको बताएकी छिन् । नियमावलीमा राखिएको त्यो विभेदलाई परिवर्तन गर्नसमेत माग गरेकी छिन् ।
प्रतिक्रिया